मिलानको जीतविहीन यात्रामा पूर्णविराम
शनिबार, २८ माघ २०७९, ०९ : २८
मिलान । एसी मिलानको ७ खेलको जीतविहीन यात्रा अन्त्य भएको छ । इटालियन सिरिए ए अन्तरगतको खेलमा मिलानलेघरेलु मैदानमाटोरिनोलनाई हराएको हो ।
मिलानको जीतमा ओलिभिए जिरुको एक मात्र गोल निर्णायक बन्यो । खेलको ६२ औँ मिनेटमा जिरुले थियो हर्नान्डेडको पासमा गोल गरेका थिए । पहिलो हाफमा पाहुना टोलीले पनि गोलका अवसरहरू पाएको थियो । तर, एन्टोनियो सानाब्रियाको प्रहार खेर गरेको थियो ।
मिलानले ४ जनवरीपछि कुनै पनि खेल जित्न सकेको थिएन । यो खेलअघि टोली लगातार चार खेलमा पराजित भएको थियो ।
२२ खेलपछि ४१ अङ्क बटुल्दै मिलान लिगको तेस्रो स्थानमा रहेको छ । अब टोलीले मंगलबार च्याम्पियन्स लिगको अन्तिम १६ मा टोटनहम हटस्पर्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण