मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गीत : प्राणभन्दा प्यारो देश

शनिबार, २८ माघ २०७९, १० : ४६
शनिबार, २८ माघ २०७९

लाखौँ लाख नेपालीको साझा फूलबारी  
प्राण भन्दा प्यारो देश मेची महाकाली  
हिमाल, पहाड, तराईमा रमाएका हामी 
वीरहरूका रगतले स्वतन्त्र छौ ज्ञानी 
शान्ति भूमि देश हाम्रो सन्तान कलमवीर 
झुक्ने छैन नेपालीको सगरमाथा शिर 
भाषा, कला, संस्कृति यो सम्पदाले विशाल 
पौरखले सजाइ दिन्छौ मातृभूमि नेपाल 
तिमी हामी मिले पछि जे पनि हुन्छ 
हाम्रो कला जाँगरले सगरमाथा छुन्छ  
लाखौँ लाख नेपालीको साझा फूलबारी  
प्राण भन्दा प्यारो देश मेची महाकाली । 

सुन्दरहरैँचा, मोरङ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिराम दाहाल
मणिराम दाहाल
लेखकबाट थप