प्रशासनिक सेवालाई डिजिटल बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने विश्वास व्यक्त गरेकी छिन् । शनिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सार्वजनिक खरिद ऐनलाई प्रभावकारी बनाइनुपर्नेमा पनि जोड दिइन् ।
‘प्रशासनिक सेवालाई डिजिटल माध्यमबाट गर्दा र सार्वजनिक खरिदलाई प्रभावकारी बनाउँदा भ्रष्टाचार नियन्त्रणमा टेवा पुग्ने मैले विश्वास लिएको छु’, राष्ट्रपतिले भनिन्, ‘राजनीतिक नेतृत्व, आयोग र प्रशासनीय नेतृत्वको संयुक्त प्रयासले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन सक्छ । ’
भ्रष्टाचारले दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्याउने उल्लेख गर्दै राष्ट्रपतिले यसलाई नियन्त्रण गर्न सबै पक्ष गम्भीर भएर लाग्नुपर्नेमा जोड दिइन् ।
उनले तिनै तहका सरकार र नागरिकको सहकार्यमा भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हुन सक्ने विश्वास पनि व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण