बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पको पाँच दिनपछि टर्कीमा सिंगो परिवारको उद्धार

शनिबार, २८ माघ २०७९, ११ : ५१
शनिबार, २८ माघ २०७९

इस्तानावुल । भूकम्प गएको पाँच दिनपछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन ।  उता, भूकम्प गएको चार दिनपछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ ।

यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनबाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै  थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । चार दिनपछि जिउँदै फेला परेकी आमा होसमा भएपनि बोल्न सक्ने अवस्थामा थिइनन् । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ । 

टर्की र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पमा ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीबाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप