भूकम्पको पाँच दिनपछि टर्कीमा सिंगो परिवारको उद्धार
इस्तानावुल । भूकम्प गएको पाँच दिनपछि एउटा सिंगो परिवारलाई जिउँदै उद्धार गरिएको छ । टर्कीको हंटे प्रान्तको भग्नावशेषवाट ६ जनाको परिवारलाई पाँच दिन पछि उद्धार गरिएको हो । उनीहरुको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन । उता, भूकम्प गएको चार दिनपछि चमात्कारिक रुपमा १० दिनको बच्चासहित उनको आमालाई जिउँदै उद्धार गरिएको छ ।
यागिज उल्स नामको १० दिनको बच्चालाई हाटेस्थित एउटा क्षतिग्रस्त भवनबाट आमासहित उद्धार गरिएको हो । उद्धारकर्मीहरुले विस्तारै विस्तारै भग्नावशेषवाट आमा छोरालाई उद्धार गर्ने बितिक्कै थर्मल कम्बलमा बेरेका थिए भने आफैसँग रहेका स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेका थिए । चार दिनपछि जिउँदै फेला परेकी आमा होसमा भएपनि बोल्न सक्ने अवस्थामा थिइनन् । उनीहरुको अहिले समंदागस्थित एक अस्पतालमा दुवै जनाको उपचार भइरहेको छ ।
टर्की र सिरियामा गएको ७.८ रेक्टरको भूकम्पमा परी अहिलेसम्म १८ हजार भन्दा बढीको ज्यान गएको छ । विश्व स्वास्थ्य संगठनले भूकम्पमा ज्यान गुमाउनेको संख्या २० हजार भन्दा बढी हुन सक्ने भएकाले विश्वभरीबाट आपतकालिन उद्धार र राहातका लागि अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण