जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा
जनकपुरधाम । अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।
मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । दिवसको अवसरमा प्रदेशमा मधेस सहिद प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको छ । सोही कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुनः जनकपुर आउने तय भएको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए ।
हेलिकप्टरबाट जनकपुरधाम एयरपोर्टमा आएपछि उनलाई गृहमन्त्री सिंहले स्वागत गर्नेछन् । त्यसपछि उनी मधेस भवनमा आयोजित जनयुद्ध दिवसमा सहिद परिवारलाई सम्मान एवं राहत वितरण कार्यक्रममा सहभागी हुने जनाइएको छ ।
सोमबार बिहान १०ः३० बजेदेखि हुने कार्यक्रम मधेस भवनको कभर्डहलमा आयोजना गरिएको छ ।
यसैबीच जनयुद्धको क्रममा मधेस प्रदेशमा शहादत प्राप्त गरेका ५ सय ४० जना शहीद परिवारलाई एक/एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गृह तथा सञ्चार मन्त्रालयले गरेको छ ।
आठै जिल्लाका शहीद परिवारलाई एक/एक लाखको दरले वितरण गर्ने तयारी रहेको मधेस शहीद प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले गएको माघ ५ गते बलिदानी दिवस मनाउँदै मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेको परिवारलाई दुई/दुई लाखको दरले सहयोग प्रदान गरेको थियो ।
गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा शहीद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाअ रुपैयाँ वितरण गरेको थियो ।
यसैबीच मधेस प्रदेश सभाको बैठक फागुन १ गते सोमबार २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक पनि सरेको छ। प्रदेस सरकारले फागुन १ गते जयनुद्ध दिवस मनाउने भएपछि उक्त बैठक सरेको हो । सो बैठक फागुन २ गते मङ्गलवार २ बजे बस्ने प्रदेशसभाले सूचना प्रकाशन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कमला पुल निरीक्षणमा पुगेका मन्त्री लम्सालसँग स्थानीयको आक्रोश
-
रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
-
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनका वैज्ञानिकहरूले सार्वजनिक गरे नयाँ एआई मोडल
-
सुत्नुअघि मोबाइल फोन हेर्ने बानी छ ? यस्ता छन् असर
-
बयलगाडाले किचेर घाइते बालकको मृत्यु
-
रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण