सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसको अवसरमा सोमबार मधेस प्रदेशमा सार्वजनिक बिदा

उपराष्ट्रपति पुन जनकपुर आउने
शनिबार, २८ माघ २०७९, १२ : २०
शनिबार, २८ माघ २०७९

जनकपुरधाम । अगामी फागुन १ गते (सोमबार) मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदाको घोषणा गरेको छ ।

मधेस सरकारले दोस्रो पटक जनयुद्ध दिवस मनाउन लागेको हो । दिवसको अवसरमा प्रदेशमा मधेस सहिद प्रतिष्ठानको आयोजनामा विशेष कार्यक्रम गर्न लागिएको छ ।  सोही कार्यक्रममा सहभागी हुन उपराष्ट्रपति नन्द बहादुर पुनः जनकपुर आउने तय भएको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए । 

हेलिकप्टरबाट जनकपुरधाम एयरपोर्टमा आएपछि उनलाई गृहमन्त्री सिंहले स्वागत गर्नेछन् । त्यसपछि उनी मधेस भवनमा आयोजित जनयुद्ध दिवसमा सहिद परिवारलाई सम्मान एवं राहत वितरण कार्यक्रममा सहभागी हुने जनाइएको छ । 

सोमबार बिहान १०ः३० बजेदेखि हुने कार्यक्रम मधेस भवनको कभर्डहलमा आयोजना गरिएको छ । 

यसैबीच जनयुद्धको क्रममा मधेस प्रदेशमा शहादत प्राप्त गरेका ५ सय ४० जना शहीद परिवारलाई एक/एक लाखको दरले आर्थिक सहयोग गर्ने निर्णय गृह तथा सञ्चार मन्त्रालयले गरेको छ ।

आठै जिल्लाका शहीद परिवारलाई एक/एक लाखको दरले वितरण गर्ने तयारी रहेको मधेस शहीद प्रतिष्ठानले जनाएको छ । यसअघि प्रतिष्ठानले गएको माघ ५ गते बलिदानी दिवस मनाउँदै मधेस आन्दोलनको क्रममा शहादत प्राप्त गरेको परिवारलाई दुई/दुई लाखको दरले सहयोग प्रदान गरेको थियो । 

गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दश वर्षे जनयुद्धमा शहीद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाअ रुपैयाँ वितरण गरेको थियो ।

यसैबीच मधेस प्रदेश सभाको बैठक फागुन १ गते सोमबार २ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक पनि सरेको छ। प्रदेस सरकारले फागुन १ गते जयनुद्ध दिवस मनाउने भएपछि उक्त बैठक सरेको हो । सो बैठक फागुन २ गते मङ्गलवार २ बजे बस्ने प्रदेशसभाले सूचना प्रकाशन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप