छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ८ जनाको निधन भएको नेपाल प्रहरीले जानकारी दिएको छ । तनहुँको आबुँखैरेनी गाउँपालिका-३ गाउँपालिका चोकमा डुम्रेबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ६३०७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय मिन बहादुर बिकको शनिबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको चितवनस्थित सिएमसि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता भक्तपुरको चागुँनारायण नगरपालिका-६ बाख्रीगाँउस्थित सडकमा नगरकोटबाट तेलकोटतर्फ जाँदै गरेको प्रदेश ०३-०२-००९ प ५५०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं शंखरापुर नगरपालिका- ५ पालुवारी बस्ने ४० वर्षीय शंखर भोलोन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुस्मा मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी भक्तपुरकै सूर्यविनायक नगरपालिका-७ जोरपाटीस्थित सडकमा बा.४ ख ८९१२ नम्बरको बसमा बा.९९ प ३४८५ नम्बरको स्कुटर ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाँउपालिका-७ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका-२ झौखेल बस्ने ३९ वर्षीया ओम कुमारी श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गुल्मीको धुर्कोट गाउँपालिका-२ पिपलधारास्थित सडकमा पिपलधारातर्फ जाँदै गरेको लु.४ त ७६५६ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २२ वर्षीय सुवास परियारको शुक्रबार दिउँसो मृत्यु भएको छ । ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै सुनसरीको ईटहरी उपमहानगरपालिका-६ वीरेन्द्रचोकमा ना.५ ख ४५५३ नम्बरको ट्रकले को.२१ प ५४७७ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक सोही उपमहानगरपालिका-५ बस्ने ३२ वर्षीया तारा निरौलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता बाराको कलैया उपमहानगरपालिका-२० बसतपुरस्थित सडकमा बेनौलीबाट बसतपुरतर्फ जाँदै गरेको बा.२६ प ४९०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिनानाथ दासको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेखको नारायण नगरपालिका-८ सिमाँडास्थित सडकमा से.२ त १६५२ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार भगवतीमाई गाउँपालिका-१ गन्म बस्ने ६८ वर्षीय गोबिन्द अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दैलेखमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी अर्घाखाँचीको पाणिनी गाउँपालिका-८ अरबकास्थित सडकमा लु.२ त ९२७१ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-८ गैनडाँडा बस्ने १८ वर्षीय हुम बहादुर कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टर चालक समेत २ जनालाई उपचारको लागि पाल्पातर्फ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
-
‘नवीकरण गरिएका र नयाँ क्रियाशील सदस्यलाई अद्यावधिककाे नाममा दिइएकाे दबाब अत्यन्त घातक छ’
-
आयोजनाहरूको इन्ट्री धमाधम, मुख्यमन्त्रीकै प्रतिबद्धता लागु भएन
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण