राजनीति
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
आइतबार, २९ माघ २०७९, ०९ : ३४
काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा सत्तारुढ गठबन्धनमा रहेका जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन् । यसअघिको बैठकमा पनि यी दलहरू अनुपस्थित रहेका थिए । आजको बैठकमा आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच विवाद रहेको छ । अघिल्लो बैठकमा सत्तारुढ दलबीच चर्काचर्की नै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण