राजनीति
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु
आइतबार, २९ माघ २०७९, ०९ : ३४
काठमाडौँ । सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
सरकारमा भएर पनि सीके राउत नेतृत्वको जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी तथा सत्तारुढ गठबन्धनमा रहेका जसपा नेपाल भने बैठकमा अनुपस्थित रहेका छन् । यसअघिको बैठकमा पनि यी दलहरू अनुपस्थित रहेका थिए । आजको बैठकमा आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन लगायतको विषयमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको विषयमा दलहरुबीच विवाद रहेको छ । अघिल्लो बैठकमा सत्तारुढ दलबीच चर्काचर्की नै परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्छ : प्रधानन्यायाधीश श्रेष्ठ
-
प्रधानमन्त्रीले छलफलका लागि कांग्रेसका नेताहरूलाई बोलाए
-
बानेश्वरमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक
-
सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त गिरी पक्राउ
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन