पुस्तक अंश : छोट्काको लास
मैले कल्लुलार्ई हेरें । ऊ आफ्नी आमाको दायाँतिर बसेको थियो । उसको दायाँतिर जेठी बैनी, जेठी बैनीको दायाँतिर, उसकी कान्छी बैनी लहरै बसेकी थिए । र, उसको बुबा उनीहरुको अगाडि सुतिरहेको थियो । सबका आँखा एक महाशून्यमा डुबेका थिए । जस्तो कि त्यहाँ दृष्टि छैन । ओठ बन्द थिए । जस्तो कि त्यहाँ बोल्न वर्जित छ ।
खाना खाइसकेपछि म ठाँटीमा उक्लें । गाउँ आउँदा मेरो सुत्ने ठाउँ भनेकै ठाँटीमा थियो । ठाँटीमा एउटा कोठा निकालिएको थियो र बाँकी भाग खुला छाडिएको थियो । गर्मीका दिनहरूमा बाहिर सुत्न त्यसो गरिएको थियो ।
मेरो खाटबाट छोट्काको लास देखिन्थ्यो । त्यो दिन म खुब डराएको थिएँ । म डराउनु स्वाभाविक थियो । तर घरभरि मान्छे भएकाले डर देखाउन मिल्ने अवस्था पनि थिएन ।
मैले खाटबाट स्याउल्यान छोट्काको लासतिर नै हेरिरहेको थिएँ ।
बेला बेला स्याउल्यान छोट्कीको रुवाई उठ्थो । ऊ अनुनय, विनय गर्दै पाल्की छेउ आएर भन्थी, “यतिका वर्ष तपाईंको घरमा काम ग¥यो, यत्ति मानिदिनुस न ।”
लगत्तै बजैको आवाज सुनिन्थो, “कस्ती मान्छे होई, खेत बाँझो बनाउँ क्या त ?” रुवाईले गर्दा ऊ बाँकी कुरा राम्रोसँग भन्न पनि सकिरहेकी थिइन । बजैको उत्तर सुन्नासाथ उसको रुवाई झन् ठूलो हुँदै जान्थ्यो ।
केही समय उसलार्ई आफ्नो रुवाई कम गर्न लाग्थ्यो । फेरि सुक्सुकाउँदै भन्थी, “मैले यसलार्ई सधँै ठूला खेतमै देखें ।’ फेरि बजैको आवाज सुनियो, “यो कस्ती मान्छे रैछ मेरो त गाँसबासै उडाउनै लागि ।”
ऊ रुँदै फेरि लास छेउ पुग्थी र छोट्कालार्ई रिसाए झैं गरी भन्थी, “आफू पुरिने माटो पनि छैन तँसँग है ?” फेरि ऊ रुँदै पाल्की छेउ आउँथी । जस्तो कि ज्वारभाटा किनार पुगेर फेरि फर्किए । धेरैपल्ट त्यो रुवाई छालझैं हिँडिरह्यो आँगनदेखि पिँडी, पिँडीदेखि आँगन ।
बिहान लास जङ्गलतिर ल्याउन लाग्दा स्याउल्यान छोट्की रुँदै भनिरहेकी थिई, “बजै ठूलो खेतको एक कुना यसलार्ई दिनु न है । जिन्दगी भर तपार्ईंको खेत जोत्यो ।”
बजैका कानमा उसका कुनै कुरा पसेनन् । आमा कल्लुकी दुई बैनीलार्ई समातेर उभिनु भएको थियो । र, आफू पनि रुँदै हुनुहुन्थ्यो ।
‘मिन्झारी’ उपन्यासबाट, यो पुस्तक माघ २८ गते प्रज्ञा डवली, कमलादी, काठमाडौँमा विमोचन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण