बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

बन्द अस्पताल खोल्न नेपाल चिकित्सक संघ सहमत

आइतबार, २९ माघ २०७९, १० : ५९
आइतबार, २९ माघ २०७९

काठमाडौँ । नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 
यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको भनाइ छ । 

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा संघले आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पारेको हो । जसका कारण उपचारका लागि अस्पताल आएका बिरामी अलपत्र परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप