नेपाली उत्पादन ‘क्यानभास वाइन’ले अन्तर्राष्ट्रिय बजार खोज्दै
काठमाडौँ । संकटा वाइन एण्ड बेवरेजको उत्पादन क्यानभास वाइनले अन्तर्राष्ट्रिय बजारको खोजि गर्ने भएको छ । सन् २०१६ बाट आफ्नो उत्पादन थालेको कम्पनीले छोटो समयमा नै सफलता हातपार्दै विदेशमा निर्यातको संभावनाको खोजी गरेको हो ।
हालै मात्र राजधानीमा डिलर मिट तथा पत्रकार सम्मेलन गर्दै कम्पनीले छिटै क्यानभास वाइन विदेश निर्यात गरिने बताएको छ । कम्पनीका प्रमुख कार्यकारी प्रमुख (सिईओ) कमल कार्कीले क्यानभास वाइनले नेपाली बजारको करिब ३० प्रतिशत हिस्सा ओगटेको बताउँदै अब विदेशी बजारको खोजि गरिएको बताए ।
‘नेपाली वाइन भन्ने वित्तिकै क्यानभासको नाम आइहाल्छ । बजारमा विदेशी वाइनहहरुको जगजगि भइरहँदा पनि क्यानभासले आफ्नो छुट्टै पहिचान बनाएको छ । स्वदेशमा सफलता हाँसिल गर्दागदै अब हामीले विदेशी मुद्रा भित्र्याउनका लागि अन्तर्राष्ट्रिय बजारको समेत खोजि गरिरहेका छौं’ उनले भने ।
कम्पनीले काठमाडौं नजिकै काभ्रेपलान्चोकको नालामा फ्याक्ट्री सञ्चालन गरि वाइनको उत्पादन गरिरहेको छ । प्रत्यक्ष रुपमा १ सय भन्दा बढी कर्मचारीलाई रोजगारी दिइरहेको कम्पनीले दैनिक १० हजार लिटर वाइनको उत्पादन गरिरहेको छ । मार्केट विस्तारसँगै थप उत्पादनमा समेत कम्पनी अघि बढिरहेको सिईओ कार्कीले जानकारी दिए ।
प्रिमियम वाइनको रुपमा स्थापित क्यानभासले हाल ब्ल्याक र ह्वाइट गरी दुई वटा सेग्मेन्टमा वाइनको उत्पादन गरिरहेको छ । वाइनको स्वाद र गुणस्तरका कारण क्यानभासको दिन प्रतिदिन लोकप्रियता बढाइरहेको जनाएको कम्पनीले हाल नेपालभर ७५ वटा वितरक संजालमार्फत बिक्री वितरण गरिरहेको बताएको छ ।
‘संसार भरी अंगुरबाट बनेको अल्कोहोविक बेवरेजलाई मात्र वाइन भन्ने मान्यता रहिआएको छ । क्यानभास वाइन नितान्त अंगुरबाट बन्ने गरेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण