आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको आकाशमा देखियो ‘मानवरहित अज्ञात वस्तु’, प्रधानमन्त्री ट्रुडोको आदेशमा खसालियो

आइतबार, २९ माघ २०७९, १२ : ०९
आइतबार, २९ माघ २०७९

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उत्तर अमेरिकी वायु क्षेत्रको माथि आकाशमा देखिएको अर्को ‘अपरिचित वस्तु’ लाई गोली हानेर खसालिएको पुष्टि गरेका छन् ।

उनले उक्त अज्ञात वस्तुले ‘क्यानडाको हवाई क्षेत्रको’ उल्लङ्घन गरेको र उत्तर पश्चिमी क्यानडाको युकोन नजिक खसालिएको जानकारी दिए ।

अमेरिका र क्यानडा दुवैले यो वस्तुलाई ट्र्याक गर्नका लागि आफ्नो विमान प्रयोग गरेका थिए । ट्रुडोका अनुसार अमेरिकी एफ–२२ जेटले उक्त वस्तुलाई आक्रमण गरी खसालेको हो ।

पहिला बेलुन र त्यसपछि अज्ञात वस्तु भेटियो

– पछिल्लो हप्तामा उत्तर अमेरिकाको आकाशमा उडिरहेको वस्तु खसालिएको यो तेस्रो पटक हो ।

– गत हप्ता शनिवार अमेरिकी सेनाले दक्षिण क्यारोलाइना एट्लान्टिक तटमा चिनियाँ बेलुन खसालेको थियो ।

– त्यसपछि शुक्रवार अलास्का नजिक एउटा सानो कार आकारको अज्ञात वस्तु खसालिएको थियो ।

– यसको भग्नावशेष खोज्न ब्युफोर्ट सागरको जमेको पानी वरपर हेलिकप्टर र ट्रान्स पोर्ट विमानहरू तैनाथ गरिएको छ ।

– यसपछि अब क्यानडाले अर्को अज्ञात वस्तु खसेको पुष्टि गरेको छ । क्यानडाली सेनाले यसको भग्नावशेष खोजिरहेको छ ।

americaक्यानडाले के भन्यो ?

क्यानडाका रक्षा मन्त्री अनिता आनन्दले अहिले आकाशमा देखिएको वस्तु मध्य युकोनबाट ४० हजार फिट माथि हावामा उडेको देखेको बताइन् । यसलाई स्थानीय समय अनुसार शनिवार दिउँसो ३ः४१ मा खसाइएको थियो ।

यो ‘सिलिन्डर जस्तो देखिने सानो वस्तु’ भएको भन्दै यसको भग्नावशेषको खोजी सुरु गरिएको उनले बताइन् ।

अनिता आनन्दले अमेरिकासँगको सिमानाबाट सय माइलको दुरीमा खसाइएको बताइन् । उनले भनिन्, ‘यसले यात्री विमानका लागि खतरा पैदा गरिरहेको थियो ।’

उनले यो वस्तु अमेरिकाले गत शनिवार साउथ क्यारोलाइना तटमा खसालेको बेलुनभन्दा निकै सानो भएको बताइन् । यो बेलुन करिब ६० मिटर अग्लो थियो ।

ट्रुडोले आकाशमा देखेको यो अज्ञात वस्तुलाई खसाल्न शनिवार आदेश दिएको बताउँदै  यसबारे अमेरिकी राष्ट्रपति जो बाइडेनसँग पनि कुरा गरेको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मैले क्यानडाको हवाई क्षेत्र उल्लङ्घन गर्ने अज्ञात वस्तुलाई खसाल्ने आदेश दिएको छु । युकोनमाथि भएको यो अज्ञात वस्तुलाई सेनाको नर्थ अमेरिकन एरोस्पेस डिफेन्स कमान्ड (नोराड) ले खसालेको छ । अमेरिका र क्यानडाले मिलेर काम गरे र अमेरिकी एफ–२२ ले यसलाई सफलतापूर्वक हमला गरेर खसाल्यो ।’

अर्को ट्विटमा उनले नोराडलाई यसका लागि धन्यवाद दिए र भने, ‘मैले यस विषयमा राष्ट्रपति बाइडेनसँग कुरा गरेको छु । क्यानडाली सेनाले अब यो अज्ञात वस्तुको भग्नावशेष सङ्कलन गर्ने काम गर्नेछ ताकि यसको विश्लेषण गर्न सकियोस् ।’

यसअघि नोराडले उत्तरी क्यानडाको आकाशमा ‘अत्यधिक उचाइमा’ एक अञ्जान वस्तु तैरिरहेको देखिएको र यसमाथि आफूले निगरानी गरिरहेको बताएका थिए । उत्तर अमेरिकी एयर स्पेस डिफेन्स कमान्ड अमेरिका र क्यानडाको हवाई क्षेत्रको सुरक्षाका लागि जिम्मेवार छ ।

अमेरिकी ह्वाइट हाउसले पनि यो वस्तुलाई ट्र्याक गरिरहेको र पछिल्लो २४ घण्टादेखि यसलाई सूक्ष्म तरिकाले निगरानी गरिरहेको बताएको थियो ।

‘तर सुरक्षाको हितमा र सेनाको सल्लाह पछ्याउँदै, अमेरिकी राष्ट्रपति जो बाइडेन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यसलाई खसाल्ने आदेश दिएका छन् । दुवै नेताले यसको भग्नावशेष पाउनुपर्ने कुरामा जोड दिएका छन् र यसमार्फत यसको उद्देश्यबारे पत्ता लगाउन र यो कहाँबाट आएको थियो भनेर पत्ता लगाइने बताइएको छ ।’

pentagonअमेरिकाले के भन्यो ?

यस मिसनबारे जानकारी दिँदै अमेरिकी रक्षा मन्त्रालयले दुई एफ–२२ फाइटर जेटले अलास्काको एन्कोराजबाट एलमेन्ड्रोफ–रिचर्जसन सैन्य अड्डाबाट उडान भरेको र ओआईएम ८एक्स मिसाइलमार्फत यो अञ्जान वस्तुमाथि हमला गरेर यसलाई खसालिएको जानकारी दियो ।

यसै क्रममा पेन्टागनका प्रवक्ता प्याट राइडरले यस वस्तुको भग्नावशेष पत्ता लगाउने काम क्यानडाका अधिकारीहरूले गर्ने र यस अवधिमा एफबीआईले क्यानडाली प्रहरीसँग मिलेर काम गर्ने बताएका छन् ।

अहिलेसम्म यो अज्ञात वस्तु के थियो भन्ने खुल्न सकेको छैन ।

तर यो अज्ञात वस्तु उत्तर अमेरिकाको आकाशमा यस्तो अवस्थामा देखिएको हो जब केही दिन अघि अमेरिकामा एक चिनियाँ बेलुन देखिएको थियो । 

यो बेलुन अमेरिकी क्षेत्रबाट अलि टाढा गएपछि अमेरिकाले यसलाई साउथ क्यारोलाइना माथिको समुन्द्रमा खसालेको थियो ।

चीनले अमेरिकाको यस कार्यको आलोचना गर्दै यो मानवरहित बेलुन मौसमसम्बन्धी जानकारी सङ्कलन गर्ने क्रममा बाटो बिराएर त्यहाँ पुगेको बताएको थियो । तर, अमेरिकाले यो जासुसी बेलुन भएको भन्दै यसमा निगरानी गर्ने क्षमतासमेत रहेको बताएको थियो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप