संयन्त्रको बैठकमा रवि लामिछानेको माग - चितवन–२ मा चाँडै उपनिर्वाचन होस्

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन् ।
‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसबारे निर्वाचन आयोगसँग कुराकानी भइरहेको जानकारी दिनु भएको छ’ लामिछानेले बैठक पछि भने । उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पूर्व सहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।
नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट विजयी लामिछानेको सांसद पद अस्वीकृत गरेको थियो । उक्त फैसला पछि चितवन–२ सांसदविहीन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लड्ने मनस्थितिमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताधारी दलहरूभित्रकै किचलो र स्वार्थ समूहहरूको दबाबमा गभर्नर नियुक्ति अलपत्र : डा.बाबुराम भट्टराई
-
५५ वर्षको उमेरमा नागरिकता प्राप्त
-
सरकारबारे उपेन्द्र : भाषणमा आलोचना, वास्तविकतामा समर्थन
-
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
-
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अद्यावधिक गर्ने निर्णय
-
विमानस्थलमा भैँसी आतङ्कबारे के भन्यो प्राधिकरणले ?