शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति शान्ति समाजको आपत्ति

आइतबार, २९ माघ २०७९, १३ : ४२
आइतबार, २९ माघ २०७९

काठमाडौँ । ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सोमबारका दिन बिदा दिने प्रदेश सरकारको निर्णय प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ । 

बागमती प्रदेश सरकारको माघ २४ को बैठकले तथा त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल रहेको समाजको धारणा रहेको छ । 

यसै गरी माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि शान्ति समाजले निन्दा गरेको छ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रूपमा नागरिकलाई सास्ती दिने गरी कायम रहेको कथित ‘सवारी’ प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत रहेको समाजको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप