जनयुद्ध दिवसमा बिदा दिने निर्णयप्रति शान्ति समाजको आपत्ति
आइतबार, २९ माघ २०७९, १३ : ४२
काठमाडौँ । ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते सोमबारका दिन बिदा दिने प्रदेश सरकारको निर्णय प्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति जनाएको छ ।
बागमती प्रदेश सरकारको माघ २४ को बैठकले तथा त्यसभन्दा अघि कर्णाली प्रदेश सरकारले पनि जनयुद्ध दिवसमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो निर्णय लोकतन्त्र र अहिंसाका सार्वभौम मान्यताको प्रतिकुल रहेको समाजको धारणा रहेको छ ।
यसै गरी माघ २७ गते काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीको आवागमनको सन्दर्भलाई जोडेर सडकमा निस्किएको भन्दै चिकित्सक कुट्ने प्रहरी कृत्यको पनि शान्ति समाजले निन्दा गरेको छ । राजतन्त्र उन्मुलन भइसकेपछि पनि त्यसैको अवशेषका रूपमा नागरिकलाई सास्ती दिने गरी कायम रहेको कथित ‘सवारी’ प्रक्रिया लोकतान्त्रिक गणतन्त्रको मर्म विपरीत रहेको समाजको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण