ब्रेकअपको हल्लाबीच सिसन बानियाँ लेख्छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो, पाना पल्टाउनुहोस्’
चर्चित भ्लगर सिसन बानियाँले आफ्नो पुरानो सम्बन्धबारे चासो नदिन सबैलाई आग्रह गरेका छन् । उनले आफ्नो जीवनको त्यो अध्याय अब समाप्त भइसकेको र पाना पल्टाउन पनि भनेका छन् । उनले इन्टाग्रामको स्टोरीमा यसबारे लेखेका छन् । उनले लेखेका छन्, ‘मानिसको विकास हुन्छ, परिवर्तन अपरिहार्य छ । यो असाध्यै साधारण कुरा हो ।’
सिसनको अघिल्लो सम्बन्ध तोडिएकोलाई धेरैले ठुलै विषय ठानेर उचालिरहेको र यसमा कसैलाई दोष दिइरहेको भन्दै उनले आपत्ति व्यक्त गरेका छन् । उनले भने, ‘यो कुरालाई उनीहरुले बिगारिरहेका छन् । मैले निकै राम्रो समय बिताएँ । त्यो मेरो आफ्नो करियरका लागि छुट्टीको समय जस्तो थियो । यसका धेरै मिठा सम्झना छन् ।’
उनले आफ्नो पछिल्लो सम्बन्धमा रहेको व्यक्तिप्रति कुनै रिस, घृणा नरहेको र जोसँग भए पनि सफलता, खुसी र मुख्यतः शान्तिको चाहना गर्ने पनि बताए ।
उनले यसअघि पनि आफू गहिरो सम्बन्धमा रहेको बताउँदै आफ्ना सबै पूर्व प्रेमिकाहरूप्रति सदैव माया र सम्मान रहिरहने बताए । उनले भने, ‘अहिले म जे छु, त्यो हुनमा उनीहरूको पनि भूमिका छ । सबैप्रति सम्मान छ ।’
उनले अन्तिममा लेखेका छन्, ‘मेरो जीवनको त्यो अध्याय सकियो । पाना पल्टाउनुहोस् ।’
स्मरण रहोस्, सिसन बानियाँ र पूर्व मिस नेपाल शृङ्खला खतिवडाको प्रेमबारे व्यापक चर्चा चलेको थियो । उनीहरूका भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल हुने गर्दथे । यद्यपि, यी दुईले आफ्नो सम्बन्धलाई कहिले पनि आधिकारिक रूपमा भने पुष्टि गरेनन् ।
पछिल्लो समय शृङ्खला अमेरिका गएपछि भने यी दुईको सम्बन्ध चिसिएको खबर निकै फैलिए । यो पोस्टमा सिसनले कसैको नाम नलिए पनि पूर्व सम्बन्धबारे कुरा गर्दा उनले शृङ्खलालाई नै इङ्गित गरेको धेरैले अनुमान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण