‘उपाधि नजिताए पनि केनले आफू उत्कृट भन्ने सावित गरिसकेका छन्’
काठमाडौँ । टोटेनहमका खेलाडी ह्यारी केनले विश्व फुटबलमा शीर्ष उपाधिहरु नजिताएको चर्चा धेरै पटक आउने गर्छ । विश्व फुटबलका उत्कृष्ट खेलाडी सावित भएका केनले हालसम्म राष्ट्र र क्लबका लागि कुनै पनि शीर्ष उपाधि दिलाउन सकेका छैनन् । यसै सन्दर्भमा इङ्ल्यान्डका पूर्व खेलाडी तथा प्रिमियर लिगका हालसम्मकै सर्वाधिक गोलकर्ता एलन शियररले केनले शीर्ष उपाधि जिताउन नसेकेपनि उनले आफू उत्कृष्ट खेलाडी भएको सावित गरिसकेको बताए ।
‘केन हालसम्म टोटेनहममा नै किन बसकेका छन् भन्ने मैले बुझिसकेको छु । उनले आफ्नो व्यक्तिगत रुपमा धेरै रेकर्डहरु बनाइ सकेका छन् । अब उनलाई उत्कृष्ट सावित गर्न शीर्ष उपाधि जित्नै पर्छ भन्ने छैन्,’ शियररले भने । शियरर प्रिमियर लिग इतिहासकै हालसम्म सर्वाधिक गोलकर्ता हुन् । उनले लिगमा २६० गोल गरेका छन् । यता वायर्न रुनीले २०८ गोल गरेर सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बन्दा केनले २०० गोल पूरा गरेर तेस्रो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैरहवा भन्सारमा ४ जना नियन्त्रणमा
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण