सेना दिवसमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निमन्त्रणा
काठमाडौँ । नेपाली सेनाको २६० औँ वार्षिकोत्सवमा सहभागी हुन भारतीय सेनाध्यक्षलाई निम्ता गरिएको छ । सेना स्थापनाको २६० औँ वर्षको अवसरमा फागुन ६ मा नेपाली सेनाले स्थापना दिवस मनाउँदै छ ।
सैनिक दिवसको अवसरमा भारतीय सेनाध्यक्ष मनोज पाण्डे सहित १२ जनालाई निमन्त्रणा गरिएको नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले रातोपाटीलाई बताए । सैनिक प्रवक्ताका अनुसार मानार्थ महारथीको पदवी पाएका भारतका ११ जना पूर्व सेना प्रमुखहरूलाई निम्ता पठाइएको छ । को–को आउने भन्नेबारे यकिन नभएको सहायक रथी भण्डारीले जानकारी दिए ।
‘भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डे सहित १२ जनालाई बोलाएका छौँ’ सैनिक प्रवक्ता भण्डारीले भने,‘उहाँहरु मध्ये को–को आउनुहुन्छ भन्नेबारे निश्चित भैसकेको छैन ।’
भारतीय पूर्व सेना प्रमुख र वर्तमान सेना प्रमुखको सम्मानमा जङ्गी अड्डाले ‘चिफ्स कन्क्लेभ’ कार्यक्रम राखेको छ । आर्मी डेको अवसरमा फागुन ६ मा सैनिक मञ्चमा भव्य समारोह आयोजना गरिँदै छ ।
नेपाल र भारतका सैनिकले एक अर्कालाई मानार्थ महारथीको पदवी दिने परम्परा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण