एन्फा र शिखर इन्स्योरेन्सबीच सम्झौता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ए डिभिजन लिगका खेलाडीहरुको समूह व्यक्तिगत दुर्घटना र समूह चिकित्सा बीमा सम्झौता भएको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राई र शिखर इन्स्योरेन्सका सहायक महाप्रबन्धक प्रार्थना शाहीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार शिखर इन्स्योरेन्सले खेलाडीको दुर्घटनामा मृत्यु भएमा १० लाख रुपैयाँ उपलब्ध गराउने छ । साथै दुर्घटनामा घाइते भएका लिगका पहिलो पाँच खेलाडीलाई रु ५ लाख र लिगका बाँकी खेलाडीलाई रु १ लाख ५० हजार उपचार खर्च समेत प्रदान गरिनेछ ।
यसअघिको बैठकमा ए डिभिजन क्लबहरूसँग भएको सहमतिअनुसार राष्ट्रिय टोलीका खेलाडीको प्रिमियम एन्फाले तिर्नेछ भने बाँकी खेलाडीको प्रिमियम सम्बन्धित क्लबले ब्यहोर्नु पर्नेछ ।
दुई पक्षबीच भएको सम्झौता एक वर्षको लागि मान्य हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण