अफगानिस्तानमा हतियारको भण्डार फेला
पुल-ए-खुम्री । अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विभिन्न किसिमका हतियार र गोलाबारुद भएको भण्डारण फेला परेको छ ।
प्रान्तीय प्रहरी प्रवक्ता मौलावी शिर अहमद बुर्हानीले आइतबार दिएको जानकारी अनुसार सूचनाको आधारमा प्रहरीले शनिबार राति प्रान्तीय राजधानी पुल–ए–खुम्री शहरको एक घरमा छापा मारेर एक थान रकेट प्रोपेल्ड ग्रेनेड, पाँच एके–४७, १३ थान पेस्तोल र १३ थान हतियारसहित ठूलो परिमाणमा हातहतियार बरामद गरेको हो ।
सुरक्षा बलले पछिल्ला केही दिनहरूमा बाघलान र छिमेकी कुन्दुज र समंगन प्रान्तहरूबाट हातहतियार खोजी अभियानका क्रममा हजारौं हतियार र गोलाबारुद बरामद गरेको छ ।
कार्यवाहक सरकारले युद्धग्रस्त अफगानिस्तानमा शान्ति र सुरक्षालाई स्थिर गर्ने प्रयासको रूपमा सुरक्षा निकाय बाहेक अरू जो कोहीसँग भएको भएपनि हतियार बरामाद गर्ने अभियान चलाएको छ ।(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण