संघीय निजामती कर्मचारी ऐनबारे मन्त्री मोदीले गरे पूर्वमन्त्रीहरुसँग छलफल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनलाई अन्तिम रुप दिन काम तिव्र बनाएका छन् ।
केही दिन यता संघीय निजामती ऐनबारे विज्ञहरुसँग छलफल गरिरहेका मन्त्री मोदीले आइतबार पूर्वमन्त्रीहरुसँग परामर्श गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिसकेका पूर्व मन्त्रीहरू हृ्दयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, टेकबहादुर बस्नेत र गणेश ठगुन्नासँग छलफल गरेका हुन् ।
मन्त्रालयका सचिव कृष्णहरी पुष्करसहित सहभागी छलफलमा संघीय निजामती ऐनलाई समय सापेक्ष रुपमा परिष्कृत गर्दै सकेसम्म छिटो संसदमा लैजाने विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतले ऐनबारे चासो व्यक्त गरेपछि मन्त्री मोदीले विभिन्न पक्षसँग छलफल गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् । जारी संसद्को अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेश गर्ने मन्त्रालयको तयारी छ ।
नेपाल सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिरहेका विकास साझेदार निकायहरुले पनि ऐनबारे चासो व्यक्त गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको विरोधपछि प्रधानमन्त्रीको प्रश्नोत्तर गर्ने कार्यक्रम स्थगित (तस्बिरहरू)
-
केन्द्रमा बढ्यो खेलकुदको बजेट, प्रदेशमा कस्तो छ ?
-
बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका प्रतिवादी पक्राउ
-
भारत र इङ्ल्यान्डबिचको टेस्ट सिरिज आजबाट
-
कर्णालीले ७९ स्थानीय तहलाई दियो ४ अर्ब ५९ करोड, कुन पालिकालाई कति ?
-
नेपाली सूचीकृत कम्पनीमा अन्तर्राष्ट्रिय दिगोपना मापदण्ड भित्र्याउन नेप्सेको पहल