संघीय निजामती कर्मचारी ऐनबारे मन्त्री मोदीले गरे पूर्वमन्त्रीहरुसँग छलफल
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती कर्मचारी ऐनलाई अन्तिम रुप दिन काम तिव्र बनाएका छन् ।
केही दिन यता संघीय निजामती ऐनबारे विज्ञहरुसँग छलफल गरिरहेका मन्त्री मोदीले आइतबार पूर्वमन्त्रीहरुसँग परामर्श गरेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्हालिसकेका पूर्व मन्त्रीहरू हृ्दयश त्रिपाठी, राजेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, टेकबहादुर बस्नेत र गणेश ठगुन्नासँग छलफल गरेका हुन् ।
मन्त्रालयका सचिव कृष्णहरी पुष्करसहित सहभागी छलफलमा संघीय निजामती ऐनलाई समय सापेक्ष रुपमा परिष्कृत गर्दै सकेसम्म छिटो संसदमा लैजाने विषयमा छलफल भएको मन्त्री मोदीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतले ऐनबारे चासो व्यक्त गरेपछि मन्त्री मोदीले विभिन्न पक्षसँग छलफल गरेर ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी गरिरहेका छन् । जारी संसद्को अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेश गर्ने मन्त्रालयको तयारी छ ।
नेपाल सरकार तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सहकार्य गरिरहेका विकास साझेदार निकायहरुले पनि ऐनबारे चासो व्यक्त गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण