आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

रोडियो प्रस्तोताले जन्माइन् लाइव शो मा बच्चा

शनिबार, १२ फागुन २०७४, १३ : ४६
शनिबार, १२ फागुन २०७४

एजेन्सी अमेरिकामा एक रेडियो प्रस्तोता कैसेडे प्राक्टरले लाइव शोमा आफ्नो बच्चा जन्माएकी छिन् ।

अमेरिकाको सेन्ट लुइसमा रहेको द आर्क स्टेशनकी प्रस्तोताको यो लाइव शो का लागि विशेष तयारी गरिएको थियो । 

सोमवार प्रस्तोतालाई प्रसव पीडा शुरु भयो । त्यसपछि रेडियो स्टेशनले अस्पतालभित्रै प्रशारणको व्यवस्था गर्यो । 

बीबीसीसँगको कुराकानीमा प्रस्तोताले यो आफ्नो लागि शानदान अनुभव रहेको बताइन् । 

बच्चको डेलीवरी तोकिएको मितिभन्दा पहिला भयो, यसकारण उनलाई अचानक यस्तो शो को तयारी गर्न पुग्यो । 

प्रस्तोताले भनिन्, मेरो जीवनके यति महत्वपूर्ण क्षण आफ्ना स्रोतासँग बाँड्नु शानदार थियो । यो मेरो जीवनको निकै राम्रो अनुभव थियो ।’

प्रस्तोताले बच्चालाई लाइव शो मै जन्म दिनु आफ्नो कामको एक विस्तारित रुप भएको बताइन् । उनले आफ्नो जिन्दगीका हरेक क्षण स्रोेतासँग बाँड्ने पनि बताइन् । 

प्रस्तोताले बच्चाको नाम जेमसन राखेकी छिन् । यो नाम पनि स्रोतको सुझाव पनि राखिएको थियो । 

बच्चा जम्मनु अगाडि उसको नामलाई लिएर स्रोतावीच मतभेद थियो । 

कार्यक्रमका निर्देशक स्काट रान्डीले एक पत्रिकासँग कुराकानी गर्दै भने, दम्पतीले चुनेको नाममा हामीले भोटिङ शुरु गर्र्यौँ । जेमसनको जन्म हुने बेलासम्म भोटिङ चलिरह्यो । ’

कार्यक्रमका सह प्रस्तोताले यस शो लाई एक जादुगिरी र शानदार क्षण बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप