हिउँ र पानी नपर्दा म्याग्दीका २५ ठाउँमा डढेलो
म्याग्दी । समयमै हिउँदे वर्षा नहुँदा र लेकाली क्षेत्रमा हिउँ नपर्दा म्याग्दीका वनैभर डढेलो लागेको छ । म्याग्दी जिल्ला वन डिभिजन कार्यालयका अनुसार जिल्लाका विभिन्न २५ स्थानमा डढेलो लागेको हो । अन्नपूर्ण गाउँपालिकाका आठमध्ये ६ वटा वडाका विभिन्न ठाउँमा अहिले डढेलो लागिरहेको जिल्ला वन अधिकृत चन्द्रमणि सापकोटाले बताए । उनका अनुसार अहिले आगलागी भएको जिल्लाको अधिकांश भेग हिमपात हुने क्षेत्र हो तर हिमपात र वर्षा नहुँदा सुक्खा बढेर डढेलो लागिरहेको छ ।
अहिले डढेलो लागेका क्षेत्रमध्ये अधिकांश मानवबस्तीभन्दा टाढाका डाँडाकाँडा हुन् । पश्चिमी म्याग्दीको धवलागिरि गाउँपालिकाको उच्च भेगमा पनि अहिले डढेलोले सताउन थालेको छ । धवलागिरी–४ मुदी भेगको उच्च क्षेत्रमा पनि डढेलो लागिरहेको छ । डढेलोले धेरै नै वन क्षेत्र नोक्सान गरिरहेको वन कार्यालयले जनाएको छ ।
जिल्लाको गुर्जा, मुदी, कुहिने मङ्गले, चिमखोला क्षेत्रमा डढेलो लागिरहेको बताइएको छ । “यो याममा अहिलेसम्म कम्तीमा २५ ठाउँमा डढेलो लागिरहेको छ, यो क्रम अझै बढिरहेको छ,” वन अधिकृत सापकोटाले भने, “दक्षिणी भेगको जङ्गल दिनहुँ डढेलोले सखाप भइरहेको छ ।
ती ठाउँमा पोहोर–परार हिउँदमा हिउँ पर्ने गरेकाले चिसोका कारण हत्तपत्त डढेलो लाग्ने गरेको थिएन । वर्षा भइरहे हत्तपत्त जङ्गलमा आगो लाग्दैनथ्यो तर अहिले भने दिनहुँजसो आगजनीको खबर आउने गरेको उनले जानकारी दिए ।
अघिल्ला वर्ष हिउँदताका बाक्लो हिमपात हुने हुँदा बस्तीसम्म हिँडडुल नै सकस हुने गरेकामा पनि यसपटक भने उच्च भेगमा समेत हिउँ नपर्दा सुक्कापन बढेर डढेलो लागेको वन अधिकृत सापकोटाको भनाइ थियो । “असोजपछि वर्षा नभएको र हिउँ पनि नपर्दा अहिले सुख्खापन बढेको छ”, उनले बताए, “हिउँ पर्ने ठाउँमा मुख्य यामका एक दिन पनि हिउँ परेन । पानी पनि परेको छैन, त्यसैले जमिन सुख्खा बनाएको छ । चिसो कतै देखिन्न ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण