क्यानडाको क्यालगरीमा दुई कथासङ्ग्रह लोकार्पण
क्यानडा । नेपाली साहित्य समाज, क्यालगरी, क्यानडाद्वारा प्रकाशित दुई कथासङ्ग्रह ‘नेपालदेखि क्यानडासम्म’ र ‘अझै जिउँदै छन् मुर्कट्टहरू’ एक समारोहबीचसार्वजनिक गरिएका छन् । ‘नेपालदेखि क्यानडासम्म’ रुद्र दाहालको संयोजनमा सम्पादित लघुकथाहरूको सँगालो हो भने ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ नेपाली साहित्य समाज क्यालगरीका अध्यक्ष केशवमोहन अधिकारीद्वारा लिखित कथासङ्ग्रह हो ।
उक्त कार्यक्रममा पुस्तक सम्पादन मण्डलका संयोजक रुद्र दाहालले क्यानडामा रहेर नेपाली साहित्यको संवृद्धिमा लाग्दाका अनेक अप्ठ्यारा सुनाउँदै आफूहरू यस क्षेत्रमा निरन्तर लागिरहने र विदेशी भूमिबाट नेपाली साहित्यको सेवा गरिरहने बताए । त्यसैगरी समाजका अध्यक्ष तथा ‘अझै जिउँदै छन् मुर्कट्टाहरू’ कथासङ्ग्रहका लेखक अधिकारीले आफू स्वदेश र विदेश जहाँ रहे पनि नेपालीपन झल्कने कथा रचना गरेको बताए ।

उक्त कार्यक्रममा समाजका पूर्वअध्यक्ष दीपक ढकालले कविता सुनाएका थिए भने समाजका निर्देशक राजेन्द्र गौतमले पुस्तकहरूको समीक्षा गरेका थिए । सो कार्यक्रममा नेपलिज कम्युनिटी सोसाइटी अफ क्यालगरीका वर्तमान तथा पूर्व पदाधिकारीहरू, एनआरएनए क्यानडाका प्रतिनिधिहरू तथा क्यालगरीमा रहेका नेपालीहरूको सहभागिता रहेको थियो ।
नेपाली साहित्य समाज, क्यालगरी विदेशमा रहेर पनि नेपाली भाषा, कला, संस्कृति र साहित्यलाई जीवन्त राख्नुपर्छ भन्ने सोचका साथ सन् २०१२ मा स्थापना भएको साहित्यिक संस्था हो । स्थापना कालदेखि नै यो संस्थाले पुस्तक प्रकाशन, साहित्यिक गतिविधि सञ्चालन तथा रचनावाचनजस्ता कार्यहरू गर्दै आएको छ ।
प्रस्तुत कार्यक्रम समाजका अध्यक्ष केशवमोहन अधिकारीको अध्यक्षता तथा सचिव भीमलाल आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण