हुण्डाइले ल्यायो विद्युतीय गाडीमा अफर
काठमाडौँ । नेपालका लागि हुण्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले आफ्नो विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा नयाँ अफरसार्वजनिक गरेको छ ।
‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोना तथा आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।
समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरूको मन जित्न कम्पनीले योजनाहरु बजारमा ल्याउँदै आएको जनाएको छ्र । अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवर्द्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।
हुण्डाइका यी गाडी नेपालको विद्युतीय गाडीहरूको श्रेणीमा अग्रपङ्क्तिमा आउँछ । यी दुवै उत्पादनहरूले ग्राहकहरूको मन जित्न सफल भएको कम्पनीले जनाएको छ ।
विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको विक्री वितरणमा हुण्डाईले थापाथलीमा शोरूम संचालन गरेर नयाँ कारोबार गर्दै आएको छ ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा समेत दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण