बालाजुको प्रदर्शन नियन्त्रणमा लिन एसपीको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । बालाजुको माछापोखरीमा यातायात मजदुरहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
गण नम्बर–१८ कीर्तिपुरका गणपति उद्धव रावलको नेतृत्वमा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ भन्दा बढी सशस्त्र प्रहरी बालाजुमा भएको प्रदर्शन नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
अहिले माछापोखरीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीलाई हटाएको छ । अवस्था सामान्य बन्दै गएको उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठले जानकारी दिए ।
यातायात मजदुरहरूले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा।२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा।१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।
ल्होत्से मलमा तोडफोड र माछापोखरी स्थित प्रहरी बिटमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पट्रोलमा इथानोल मिश्रण गर्ने नीति कार्यान्वयनमा ल्याइने
-
रेल तथा जल यातायात सञ्चालन गरी ढुवानी लागत घटाइने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कम्पनी नवीकरण गर्न योगदानको प्रमाण चाहिने
-
महिलाविरुद्ध हुने हिंसा र शोषणको अन्त्य गरिने
-
धौवादी फलाम उद्योगलाई निजी साझेदारी मोडलमा सञ्चालन गर्ने घोषणा
-
स्थानीय कच्चा पदार्थ र सीपमा आधारित औद्योगिक विकासलाई प्राथमिकता