बालाजुका डिएसपी चढ्ने भ्यानमा आगजनी
काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको अवस्था आएको यातायात मजदुर संगठनले जिकिर गरेका छन् ।
झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।
माछापोखरी चोकमा यातायात मजदुरले दुवै गाडीमा आगजनी गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, पंकज मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरूलाई आक्रमण गरेको ३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् ।
यातायात मजदुरले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले रातोपाटीलाई बताए । उनले भने–‘प्रदर्शनकारीले हाम्रो दुईवटा गाडीमा आगजनी गरेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण