राजेश हमाल बन्लान् त ‘स्वामी’ ?
काठमाडौंँ । प्रदीप श्रेष्ठको निर्देशनमा फिल्म ‘स्वामी’ बन्ने भएको छ । मौनता श्रेष्ठको प्रस्तुति रहने फिल्म नेपाल भारत सिमाक्षेत्रका हुने राजनीतिक, अपराधिकलगायत विभिन्न गतिविधि विषयको रूपमा उठाइएको छ ।
फिल्मको लेखक समेत प्रस्तुतकर्ता मौनता श्रेष्ठ हुन् । फिल्मको लेखन अन्तिम चरणका रहेको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता राजेश हमाल देखिन सक्नेछन् । फिल्म अभिनयका लागि हमालसँग निर्माता युनिटले केही चरणको कुराकानी गरिसकेको छ ।
फिल्म अभिनयका लागि हमाल सकारात्मक रहेको निर्देशक श्रेष्ठले बताए । ‘राजेश दाइ फिल्मको विषयमा सकारात्मक हुनुहुन्छ । केही दिनमा फाइनल हुनेछ’ निर्देशक श्रेष्ठले भने ।
फिल्मका लागि अन्य कलाकार नयाँ तथा पुराना हुनेछन् । जसको छनौट भइरहेको छ । फिल्मको नाम केही अगाडि चलचित्र विकास बोडमा समेत दर्ता भएको छ । फिल्म वैशाखबाट छायांकनमा जाने तयारी छ । फिल्मको रिलिज २०८० भित्र हुनेछ ।
एक भव्य कार्यक्रमसहित छायांकन सुरु हुने फिल्मको सबै कलाकार र निर्माण युनिट शुभमुर्हूतमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण