आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजेश हमाल बन्लान् त ‘स्वामी’ ?

मङ्गलबार, ०२ फागुन २०७९, १४ : २८
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौंँ । प्रदीप श्रेष्ठको निर्देशनमा फिल्म ‘स्वामी’ बन्ने भएको छ । मौनता श्रेष्ठको प्रस्तुति रहने फिल्म नेपाल भारत सिमाक्षेत्रका हुने राजनीतिक, अपराधिकलगायत विभिन्न गतिविधि विषयको रूपमा उठाइएको छ । 

फिल्मको लेखक समेत प्रस्तुतकर्ता मौनता श्रेष्ठ हुन् । फिल्मको लेखन अन्तिम चरणका रहेको छ । फिल्मको मुख्य भूमिकामा अभिनेता राजेश हमाल देखिन सक्नेछन् । फिल्म अभिनयका लागि हमालसँग निर्माता युनिटले केही चरणको कुराकानी गरिसकेको छ । 

फिल्म अभिनयका लागि हमाल सकारात्मक रहेको निर्देशक श्रेष्ठले बताए । ‘राजेश दाइ फिल्मको विषयमा सकारात्मक हुनुहुन्छ । केही दिनमा फाइनल हुनेछ’ निर्देशक श्रेष्ठले भने । 

फिल्मका लागि अन्य कलाकार नयाँ तथा पुराना हुनेछन् । जसको छनौट भइरहेको छ । फिल्मको नाम केही अगाडि चलचित्र विकास बोडमा समेत दर्ता भएको छ । फिल्म वैशाखबाट छायांकनमा जाने तयारी छ । फिल्मको रिलिज २०८० भित्र हुनेछ ।

एक भव्य कार्यक्रमसहित छायांकन सुरु हुने फिल्मको सबै कलाकार र निर्माण युनिट शुभमुर्हूतमा सार्वजनिक गर्ने निर्देशक श्रेष्ठले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप