स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन अनेरास्ववियूको माग
काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग गरेको छ ।
अनेरास्ववियूले चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता गराउन माग गरेको हो ।
अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलीले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्राध्यापक पशुपति अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कुराको माग गरेको हो ।
नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मूल मर्मलाई आत्मसात् गर्नु रहेको अनेरास्ववियूको भनाई छ ।
स्ववियु निर्वाचनमा पनि कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता गराउनुपर्ने अनेरास्ववियूको माग हो ।
ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्राध्यापक अधिकारीले अनेरास्ववियूको उक्त मागप्रति त्रिवि सकारात्मक रहेको बताए । नीति निर्माण तहमा उक्त मागलाई विषय बनाएर उठान गर्ने उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण