आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागी गराउन अनेरास्ववियूको माग

मङ्गलबार, ०२ फागुन २०७९, १६ : ४४
मङ्गलबार, ०२ फागुन २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आसन्न स्ववियु निर्वाचनमा ५० प्रतिशत महिला सहभागिताको माग गरेको छ । 

अनेरास्ववियूले चैत ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता गराउन माग गरेको हो । 

अनेरास्ववियू महासचिव आरती लामा नेतृत्वको टोलीले त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद महानिर्देशनालयका प्रमुख प्राध्यापक पशुपति अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै उक्त कुराको माग गरेको हो । 

नेपालको संविधान २०७२ ले हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गरेको वर्तमान समयमा स्ववियु निर्वाचनमा कम्तीमा ३३ प्रतिशत महिला सहभागी गराउनु संविधानको मूल मर्मलाई आत्मसात् गर्नु रहेको अनेरास्ववियूको भनाई छ ।

स्ववियु निर्वाचनमा पनि कम्तीमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गराउँदै ५० प्रतिशत महिला अनिवार्य सहभागिता गराउनुपर्ने अनेरास्ववियूको माग हो ।

ज्ञापनपत्र बुझ्दै महानिर्देशनालयका प्रमुख प्राध्यापक अधिकारीले अनेरास्ववियूको उक्त मागप्रति त्रिवि सकारात्मक रहेको बताए । नीति निर्माण तहमा उक्त मागलाई विषय बनाएर उठान गर्ने उनको भनाई थियो ।

nnn

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप