बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

वीरगन्जमा अटो पल्टिदा एक शिशुको मृत्यु

मङ्गलबार, ०२ फागुन २०७९, २० : ३५
मङ्गलबार, ०२ फागुन २०७९

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।

अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगन्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजीव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

राजीव पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडक खण्डमा ना।१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो ।

प्रहरीले वीरगन्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप