वीरगन्जमा अटो पल्टिदा एक शिशुको मृत्यु
मङ्गलबार, ०२ फागुन २०७९, २० : ३५
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा भएको अटो दुर्घटनामा एक शिशुको ज्यान गएको छ ।
अटो रिक्सा पल्टिएर भएको दुर्घटनामा परेर वीरगन्ज महानगरपालिका वडा नम्बर १० पानीट्यांकी बस्ने राजीव कुमार मालीका १८ महिने छोरा रिशव मालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राजीव पनि घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार दिउँसो ३ बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १० टाउनहल नजिकै सडक खण्डमा ना।१ ह ३७४० नम्बरको अटो रिक्सा घुम्तीमा अनियन्त्रित भई पल्टिएको थियो ।
प्रहरीले वीरगन्ज–१० आदर्शनगर बस्ने ३५ वर्षीय राम सुन्दर दास तत्मालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण