प्रहरीको भ्यानमा आगजनी गरेको आरोपमा दुईजना पक्राउ
काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले गरेको प्रदर्शनमा प्रहरीको भ्यानमा आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार प्रदर्शनकारीले प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी जलाएका थिए ।
आगजनी गर्ने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । आफू चढ्ने गाडी समेत जोगाउन नसकेपछि डिएसपी विष्टलाई उपत्यका प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको छ । बालाजु वृत्तको जिम्मेवारी डिएसपी मनोजित कुँवरलाई दिइएको छ ।
आन्दोलनको मौका छोपेर बालाजुस्थित ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट ३ वटा मोबाइल बरामद गरिएको छ । मोबाइल लुटमा संलग्नहरूलाई प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ ।
प्रदर्शन स्थलबाट पक्राउ गरिएका ८ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । प्रदर्शनकारीको आक्रमणमा परेर इन्स्पेक्टर शेर बहादुर बस्नेत सहित १७ जना प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण