रविना देशराजले गरिन् प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट
बुधबार, ०३ फागुन २०७९, १० : १५

रविना देशराजले प्रेमी स्टुअर्टसँग इन्गेजमेन्ट गरेकी छिन् । भ्यालेन्टाइन्स डेको मौकामा रविनाका विदेशी प्रेमी स्टुअर्ट एलेक्जेन्डर च्यापम्यानले उनलाई प्रस्ताव राखे र उनले यसमा सहमति जनाइन् ।
रविनाले यसबारे इन्टाग्राम अकाउन्टमा जानकारी दिएकी हुन् । उनले प्रेमीसँगको फोटो सेयर गर्दै लेखेकी छिन्, ‘मैले धेरै वर्षदेखि प्रतीक्षा गरिरहेको उनको प्रस्तावलाई स्वीकार गरेँ ।’
नयाँ सुरुवात भन्दै अभिनेत्री प्रियंका कार्कीले पनि इन्गेजमेन्टका केही तस्बिर सेयर गरेकी छिन् ।
रबिनाले मेगा बैंक छाडेको करिब एक साताभित्र आफ्नो प्रेमी सार्वजनिक गरेकी थिइन् । उनी बैंककी कायममुकायम कार्यकारी अधिकृत थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तराई–मधेसका नेताहरूमाथि राज्यले अन्याय गरिरहेको छ : महन्थ ठाकुर
-
अर्थमन्त्री पौडेलद्वारा कांग्रेस सभापति देउवासँग आगामी बजेटबारे परामर्श
-
शिक्षा मन्त्रीज्यू ! सार्वजनिक शिक्षा निजी क्षेत्रले सुधार्न सक्दैन
-
सुहाङले गराए रवि–राँके–भेडेटार सडकबारे ध्यानाकर्षण
-
विद्युत् पोलमा ठोक्किएर मोटरसाइकलसहित झाडीमा बेपत्ता युवकको शव भेटियो
-
सीता महोत्सवमा सार्वजनिक विदा दिन माग