एसियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कार्यालय समयभित्र आज लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आईपीओ माघ २७ गतेदेखि बिक्री खुला गरेको हो ।
सर्वसाधारणका लागि यस कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात ८ लाख ४० हजार कित्ता सेयर छुटाएको थियो ।
सोमध्ये, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशत अर्थात ८४ हजार कित्ता सेयर र ५ प्रतिशत अर्थात ४२ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात १६ हजार ८ सय कित्ता कर्मचारीहरूलाई छुट्टाइएको छ । बाँकी रहेको ६ लाख ९७ हजार २ सय कित्ता सर्वसाधारणका लागि छुट्टाइएको छ।
उक्त आईपीओमा मागभन्दा २१.०५७ गुणा बढी आवेदन परेको छ । फागुन २ गतेसम्ममा १३ लाख १८ हजार ७९८ जनाले १ करोड ४६ लाख ८१ हजार २० कित्ताका लागि आवेदन परिसकेको सीडीएसले जनाएको छ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । यस कम्पनीमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
एसियन हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ एजेन्सी केयर नेपालले प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषतमा जोखिम रहेको सङ्केत गर्छ ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस संसदीय दलको बैठक आज, के-के छन् छलफलका एजेन्डा ?
-
पोखरामा तरबुजा खेतीः चार महिनामा १५ लाख रूपैयाँ आम्दानी
-
चार वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
महाकालीको बार आज कुन राशिलाई कस्तो लाभ ?
-
खानेपानीको समस्याबाट मुक्ति
-
प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी, के च्याम्पियन्स लिग सुरक्षित गर्लान् ?