आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

४० वर्ष पुगेपछि एक्लै बस्न चाहन्छन् पुरुष

बुधबार, ०३ फागुन २०७९, १२ : ०८
बुधबार, ०३ फागुन २०७९

एकातिर संसारमा एक्लोपन बढ्दै गएको छ, जसका कारण मानिसहरू तनावमा छन् । अर्कोतर्फ मानिसहरू एक्लै बस्न रुचाउन थालेका छन् । एक्लो हुनु भनेको एक्लोपनको सिकार हुनु होइन । प्यू रिसर्च सेन्टरको तथ्याङ्क अनुसार हाल अमेरिकामा ४० प्रतिशत वयस्कहरू एक्लै बसिरहेका छन् । तीमध्ये आधा डेटिङ वा कुनै पनि खालको क्याजुअल सम्बन्धमा रहन चाहँदैनन् । 

एक्लै बस्नेहरूको मित्रता र खुसीको स्तर दुवै बढ्छ

सन् १९९० मा, अमेरिकामा एक्लो वयस्कहरूको सङ्ख्या २९ प्रतिशत थियो । सम्बन्ध विच्छेदका कारण एक्लै बस्ने ३९ प्रतिशत वयस्कहरूलाई यस अध्ययनमा समावेश गरिएको थिएन । टोरन्टो विश्वविद्यालयका मनोविज्ञानका प्रोफेसर ज्योफ म्याकडोनाल्ड आफ्नो अनुसन्धानमा भन्छन् – ४० वर्षको उमेरपछि पुरुषमा एक्लै बस्ने इच्छा बढ्छ । यसो गर्दा उनीहरू झनै खुसी हुन्छन् । यो उमेरमा आई पुग्दासम्म धेरैजसो विवाहित पुरुषले आफ्नो साथी गुमाउँदै गइरहेका हुन्छन् । एक्लै बस्नेहरूको दोस्ती र खुसीको स्तर दुवै बढ्दै जान्छ । 

सेन्ट बारबरामा बस्ने ६९ वर्षीया सामाजिक मनोवैज्ञानिक बेला डिपाउलो भन्छिन्, ‘ मानिसहरू जति धेरै महत्त्वाकाङ्क्षी हुन्छन्, त्यति नै एक्लो रहन चाहन्छन् । विशेष गरी महिलाहरू । म जीवनभर एक्लै बसेँ । केही दिन अगाडि कसैसँग बस्ने हो कि भन्ने पनि सोचेँ तर एक्लै बस्नुको सार्थकता महसुस भयो । यो मेरो स्वतन्त्रता र पहिचान हो ।’

यस्तै प्राध्यापक ज्योफ म्याकडोनाल्डले पनि यसबारे कुरा गर्दै भनेका छन्, ‘हामी एक्लै बस्ने मानिसहरूको कथाहरू सङ्कलन गर्दै छौँ । यसमार्फत हामी एक्लै बस्ने चाहना किन बढिरहेको छ भनेर बुझ्न खोजिरहेका छौँ । ’

उनी थप्छिन्, ‘थुप्रै दशकदेखि विवाह कम भइरहेको छ । वास्तवमा, अब विवाह परिवार बनाउनका लागि अनिवार्य छैन न नै आर्थिक स्थायित्वका लागि ।’

म्याकडोनाल्ड भन्छन्, ‘अहिलेसम्मको अनुसन्धानले देखाएको छ कि रोमान्टिक सम्बन्धमा बस्ने मानिसहरू एक्लै बस्नेहरू भन्दा राम्रो जीवन बिताउँछन् । उनीहरू आफ्नो जीवनबाट धेरै खुसी र सन्तुष्ट छन् । साथै, धेरै अनुसन्धानहरूले यो पनि देखाउँछन् कि जो मानिसहरूको वैवाहिक जीवन राम्रो छैन, उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य कहिल्यै सम्बन्धमा नभएका हरुको भन्दा धेरै खराब हुन्छ ।’

एक्लै बस्नुको सबैभन्दा ठुलो कारण : रोक–टोक बिना स्वतन्त्रताको चाहना

जेरुसेलमको हिब्रु विश्वविद्यालयका फ्याकल्टी एलेकिम किसलेव भन्छन्, ‘सन् २०२२ मा प्रकाशित भएको एक शोध रिपोर्टका अनुसार एक्लै बस्ने सबैभन्दा ठुलो कारण स्वतन्त्रता हो । एक्लै बस्नेहरूले आफूलाई धेरै समय दिन सक्ने महसुस गर्छन् । कुनै पनि रोकटोक बिना आफ्नो लक्ष्य हासिल गर्न सक्नेछन् । धेरै अनुसन्धानहरूले देखाएको छ कि एक्लै बस्ने मानिसहरूले आफ्ना आमाबाबु र भाइबहिनीहरूलाई थप मद्दत गर्न सक्छन् । एक्लै बस्नेहरूको सामाजिक घेरा पनि ठुलो हुन्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप