संसदलाई फिल्मसँग तुलना गर्दै सांसद अशिमले भने– ‘हाम्रो पात्रलाई डाँडा कटाउन खोजियो’
काठमाडौँ । पूर्व चलचित्र निर्देशक समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशिम शाहले राजनीतिलाई चलचित्रसँग तुलना गर्दै आफ्नो मुख्य पात्रलाई डाँडा कटाउन खोजिएको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहले डामाडोल चलचित्र बनाउन छोडेर डामाडोल भएको देशलाई माथि उकास्न आएको बेला अर्को चलचित्र देखिरहेको बताए । उनले आफूले बनाउने चतचित्रको पात्र स्पष्ट हुने, नायक र खलनायक चिन्न सकिने भएपनि राजनीतिकको नायम र खलनायक चिन्न नसकेको बताए ।
उनले भने– ‘म चलचित्र निर्देशक भएर चलचित्र डामाडोल बनाउन लागेको थिँए, तर देश बनाउने हुटहुटीले मैले चलचित्र क्षेत्र छोडेर मेरा सभापति रवि लामिछानेलाई होस्टेमा हैँसे गर्दै म यो सदनसम्म आइपुगेँ । जब यहाँ आइपुगेँ यहाँ त अर्को रोमाञ्चक राजनीतिक चलचित्र चलिरहेको छ । मैले बनाउने चलचित्रमा पात्रहरु स्पष्ट हुन्छन् । नायक को हो खलनायक को हो ? एकदम स्पष्ट हुन्छ तर यहाँ नायक र खलनायक नै चिन्न गाह्रो भयो । अस्तिसम्म नायक देखिएका पात्रहरु खलनायक जस्ता देखिन थाले खलनायक जस्ता देखिएका पात्रहरु नायकजस्ता देखिन थाले । यसरी हाम्रो एकजना पात्रलाई यसरी डाँडा कटाइएको छ मानौं अब उ कहिल्यै पनि फर्केर आउँदैन । तर अहिले त मध्यान्तर समेत भइसकेको छैन सभामुख महोदय हाम्रो पात्र आउँछ ।’ उनले राजनीतिमा भइरहेको चलचित्रको पटकथा कसले लेख्दैछ, यसको निर्देशक को हुन् ? राष्ट्रिय हुन कि अन्तर्राट्रिय हुन भन्दै आज जन जनले प्रश्न गरिरहेको उनले बताए ।
उनले चलचित्र कि सुखात्मक कि दुःखात्मक दुई ढंगले अन्त्य हुने भन्दै राजनीतिक चलचित्र सुखान्त ढंगले अत्य भइ अर्को पटक जनताकहाँ जाँदा माला लगाएर जान सक्ने अवस्था होस् भन्ने कामना गरे । उनले सांसदहरुका लागि पनि बायोमेट्रिक हाजिरीको व्यवस्था गर्न माग गर्दै जनताप्रति उत्तरदायी हुने व्यवस्था गर्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण