जर्मनीले दियो नेपाललाई १५ लाख मात्रा फाइजर खोप
बुधबार, ०३ फागुन २०७९, १६ : ४२
काठमाडौं । नेपाल सरकारलाई जर्मनीले कोभ्याक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको १५ लाख मात्रा फाइजर खोप नेपाललाई प्रदान गरेको छ ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रलयमा नेपालका लागि जर्मनी राजदुत डा. थ्रोमास प्रिन्सले स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।
राजदुत डा. प्रिन्सले आगामी दिनमा पनि निरन्तर सहयोग जारी रहने बताए । उनले आफूहरुले दिएको खोपको सदुपयोग हुने आशा व्यक्त गरे ।
यस्तै मन्त्री पदम गिरीले खोप लक्षित वर्ग तथा ज्येष्ठ नागरिकलाई दिइने प्रतिबद्धता व्यक्त गरे । ‘हामी ज्येष्ठ नागरिकलाई प्राथमिकता दिन्छौं’, मन्त्री गिरीले भन । उनले नेपालमा आएको भूकम्पको समयमा जर्मनीले गरेको सहयोगको पनि प्रशंसा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण