राजनीतिमा प्रतिस्पर्धा, विकासमा सहकार्य आवश्यक छ : मन्त्री शर्मा
दाङ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राजनीति र निर्वाचनमा प्रतिस्पर्धा भए पनि मुलुकको विकासमा भने सहकार्य गर्नुपर्ने बताएकी छन् । नेपाल साना तथा घरेलु उद्योग महासङ्घ दाङले आयोजना गरेको लुम्बिनीस्तरीय कृषि प्रदर्शनी तथा औद्योगिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।
मन्त्री शर्माले समृद्ध मुलुकको परिकल्पना पुरा गर्नका लागि सरकारले मात्रै सम्भव नरहेकाले मुलुकको समृद्धि विकासका लागि समान सहभागिताको अपरिहार्य रहेको बताएकी थिइन् । उनले मुलुक जिम्मेवारी जनप्रतिनिधिहरूको दायित्व रहे पनि उक्त जिम्मेवारी पुरा गर्नका लागि सबै साथ र सहकार्य आवश्यक रहेको उनको भनाई थियो ।
उक्त अवसरमा मन्त्री शर्माले नेपाल कृषि प्रधान राष्ट्र रहेकाले कृषिमा आत्मनिर्भरताको परिकल्पना र लक्ष्य सरकारले तय गरे पनि कृषि क्षेत्रको विकास र प्रवर्द्धनका लागि आवश्यक योजना कार्यान्वयनको पाट छुट्टै गइरहेकाले मुलुकको समृद्धि विकास लागि प्रमुख आधार कृषि र कृषिजन्य स्थानीय उत्पादन प्रवर्द्धन गर्न आवश्यक रहेको उनले बताइन् ।
उनले भनिन् –‘ मुलुकको समृद्धिको आधार कृषि , कृषि क्षेत्रको लगानी र विकास भने न्यून छ । कृषि प्रधान देश आयातित कृषि उपजमा निर्भर छ । ’ जसले मुलुकको अर्थतन्त्रलाई समेत प्रभावित पारेको उनको भनाई थियो । महासङ्घका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कृषि प्रदर्शनी तथा औद्योगिक महोत्सवमा स्थानीय कृषि उपजका स्टलदेखि स्थानीय घरेलु उत्पादनका वस्तुहरू प्रदर्शनीका लागि राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण