अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्ने नेविसंघको चेतावनी
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सङ्गठनभित्र अनुशासन उल्लघंन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । सङ्गठनभित्र अन्तर्विरोध चर्किन थालेपछि नेविसंघ केन्द्रीय कार्यालयले कारवाहीको चेतावनी दिएको हो । अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ मुख्य सचिव विजय खड्काले एक विज्ञप्ति जारी गर्दै अनुशासन उल्लङ्घन हुने कार्य नगर्न आग्रह गरे ।
नेविसंघको लेटर हेड प्रयोग गरेर स्ववियु निर्वाचन लक्षित विभिन्न समिति र तिनका संयोजक तोक्ने काम भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको हो । नेविसंघले स्ववियु निर्वाचन २०७९ लाई लक्षित गरी विभिन्न समिति तथा संयोजकहरूको आधिकारिक नाम सार्वजनिक गरेको छ । नेविसंघको स्ववियु घोषणापत्र समितिको संयोजकमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व रहेका छन् । त्यस्तै स्ववियु प्रशिक्षण समितिको संयोजकका नेविसंघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल रहेकी छन् ।
त्यस्तै स्ववियु प्रचारप्रसार समितिको संयोजकमा सन्तोष उपाध्याय, विद्यार्थी संगठन समन्वय समिति संयोजकमा दिनेश शाही र स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा समन्वय संयोजकमा उज्ज्वल बज्राचार्य रहेका छन् । यी बाहेक नेविसंघका नाममा नक्कली लेटर हेड बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएका नामहरू सबै गलत रहेको नेविसंघले जनाएको छ । स्ववियु केन्द्रित गतिविधि र व्यक्तिका नाममा विभिन्न समितिहरू बनेको कुरा सामाजिक सञ्जालमा देखिएको उजुरी नेविसंघको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेविसंघको नाममा भइरहेका गतिविधिले नेविसंघमा आस्थावान साथीहरूलाई भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।
लामो समयदेखि नेविसंघ सांगठनिक पूर्णता लगायतका विषयमा सङ्घर्षरत अवस्थामा छ । अहिले स्ववियु निर्वाचनको समयमा फरक मत राख्नेहरूले संगठन विस्तारको विषयमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले विभिन्न जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने देखि लिएर केन्द्रले तोकेको संयोजकलाई नमान्ने घोषणा समेत गर्दै आएका छन् । नेविसंघले सङ्गठनभित्र फरक मत राख्नेलाई आफ्ना कुराहरू बाहिरभन्दा संगठन भित्रै राख्न अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण