अनुशासन उल्लंघन गर्नेमाथि कारबाही गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सङ्गठनभित्र अनुशासन उल्लघंन गर्नेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । सङ्गठनभित्र अन्तर्विरोध चर्किन थालेपछि नेविसंघ केन्द्रीय कार्यालयले कारवाहीको चेतावनी दिएको हो । अध्यक्ष दुजाङ शेर्पाको निर्देशनमा नेविसंघ मुख्य सचिव विजय खड्काले एक विज्ञप्ति जारी गर्दै अनुशासन उल्लङ्घन हुने कार्य नगर्न आग्रह गरे ।
नेविसंघको लेटर हेड प्रयोग गरेर स्ववियु निर्वाचन लक्षित विभिन्न समिति र तिनका संयोजक तोक्ने काम भएको भन्दै त्यस्तो नगर्न आग्रह गरिएको हो । नेविसंघले स्ववियु निर्वाचन २०७९ लाई लक्षित गरी विभिन्न समिति तथा संयोजकहरूको आधिकारिक नाम सार्वजनिक गरेको छ । नेविसंघको स्ववियु घोषणापत्र समितिको संयोजकमा नेविसंघका पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्व रहेका छन् । त्यस्तै स्ववियु प्रशिक्षण समितिको संयोजकका नेविसंघकी पूर्व केन्द्रीय सदस्य एलिजा ढकाल रहेकी छन् ।
त्यस्तै स्ववियु प्रचारप्रसार समितिको संयोजकमा सन्तोष उपाध्याय, विद्यार्थी संगठन समन्वय समिति संयोजकमा दिनेश शाही र स्ववियु निर्वाचन सुरक्षा अनुगमन एवम् सुरक्षा समन्वय संयोजकमा उज्ज्वल बज्राचार्य रहेका छन् । यी बाहेक नेविसंघका नाममा नक्कली लेटर हेड बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरिएका नामहरू सबै गलत रहेको नेविसंघले जनाएको छ । स्ववियु केन्द्रित गतिविधि र व्यक्तिका नाममा विभिन्न समितिहरू बनेको कुरा सामाजिक सञ्जालमा देखिएको उजुरी नेविसंघको केन्द्रीय कार्यालयमा पुगेका छन् । नेविसंघको नाममा भइरहेका गतिविधिले नेविसंघमा आस्थावान साथीहरूलाई भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाएको छ ।
लामो समयदेखि नेविसंघ सांगठनिक पूर्णता लगायतका विषयमा सङ्घर्षरत अवस्थामा छ । अहिले स्ववियु निर्वाचनको समयमा फरक मत राख्नेहरूले संगठन विस्तारको विषयमा प्रश्न उठाउँदै आएका छन् । उनीहरूले विभिन्न जिल्लामा समानान्तर कमिटी घोषणा गर्ने देखि लिएर केन्द्रले तोकेको संयोजकलाई नमान्ने घोषणा समेत गर्दै आएका छन् । नेविसंघले सङ्गठनभित्र फरक मत राख्नेलाई आफ्ना कुराहरू बाहिरभन्दा संगठन भित्रै राख्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन