बैंकहरु लक्षित सिडी रेसियोको नजिक
काठमाडौँ । वाणिज्य बैंकहरु तोकिएको सिडी रेसियो (कर्जा/निक्षेप अनुपात) को नजिक देखिएका छन् ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यसअघिको ८५ प्रतिशतको कर्जा/निक्षेप/पुँजी अनुपात (सिडिसी रेसियो) लाई खारेज गर्दै ९० प्रतिशतको सिडी रेसियो तोकेको थियो । सोही व्यवस्था बमोजिम माघ मसान्तसम्म वाणिज्य बैंकहरुको औसत सिडी रेसियो ८६.३९ प्रतिशत पुगेको हो ।
यद्यपि, आर्थिक वर्षको शुरुवाती महिना, साउनमा बैंकहरुले यस्तो सिडी रेसियो अधिकतम ८८.०७ प्रतिशत कायम गरेका थिए ।
चालु आर्थिक वर्षको पहिलो त्रैमास (असोज मसान्त) सम्ममा ८८ प्रतिशतमा झरेको सिडी रेसियो मंसिरमा ८६.४० प्रतिशत र पुस मसान्तमा ८६.१४ प्रतिशतमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । तथापि, पछिल्लो पटक माघ मसान्तमा पुनः सिडी रेसियो बढेर ८६.३९ प्रतिशत पुगेको संघले जनाएको छ ।
राष्ट्र बैंकको नियम अनुसार बैंकहरुले एक सय रुपैयाँ निक्षेप संकलन गर्दैगर्दा ९० रुपैयाँ कर्जा लगानी गरेर १० रुपैयाँ तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर, पछिल्लो सिडी रेसियोलाई हेर्दा बैंकहरुले एक सय रुपैयाँ निक्षेपमा ८६ रुपैयाँ ३९ पैसा कर्जा लगानी गरेर १३ रुपैयाँ ६१ पैसा तरलता होल्ड गरेको देखिन्छ । यसले पनि पछिल्लो समय बैंकहरुको कर्जा लगानी घटेको देखाउँछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण