अब काठमाडौंमा मुख्य ठाउँमा सेन्सर प्रविधिका सार्वजनिक धारा राखिने
बिहीबार, ०४ फागुन २०७९, १३ : २३
काठमाडौँ । खानेपानी मन्त्रालयले सिंहदरबारसहित काठमाडौँका मुख्य स्थानहरूमा सेन्सर प्रविधिको सार्वजनिक धारा राख्ने भएको छ । बिहिवार मन्त्रालयले गरेको गुनासो सुनुवाइ ईकाईको उद्घाटनका अवसरमा यसबारे जानकारी दिइएको हो । एकसाताभित्र सिंहदरबार आउने सेवाग्राहीलाई लक्षित गरि यस प्रकारको सार्वजनिक धारा राख्न लागिएको मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए ।
उनले भने, ‘अहिले हामीले बिदेशमा जस्तो सेन्सरवाला सार्वजनिक धारा राख्दैँछौ । मेलम्चीको पानी आएपछि त्यसको सदुपयोग गर्दै सुरूमा सिंहदरबारमा आउने सेवाग्राहीका लागि सेन्सर प्रविधिको धारा राख्दैछौँ । त्यसपछि एयरपोर्ट, काठमाडौंका मुख्य ठाउँहरू, बसपार्कमा यस्तो धारा राख्छौं ।’ उनले अब काठमाडौँमा हिँड्दा बोतलको पानी किन्नुपर्ने अवस्था अन्त्य गर्न लागेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण