३ जना मृत अवस्थामा फेला
बिहीबार, ०४ फागुन २०७९, १४ : ००
काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कैलालीको चुरे गाउँपालिका-१ आमसेरा बस्ने ४३ वर्षीय भोज बहादुर छेडाल सोही ठाउँ चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस्ते गोरखाको पालुङटार नगरपालिका-३ साउने पानीमा सोही ठाउँस्थित बिच्छेमारा बस्ने ६६ वर्षीय कृष्ण बहादुर परियार आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण