मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

३ जना मृत अवस्थामा फेला

बिहीबार, ०४ फागुन २०७९, १४ : ००
बिहीबार, ०४ फागुन २०७९

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षाका अनुसार     चितवनको भरतपुर महानगरपालिका-१६ शिवघाटस्थित नारायणी नदीको किनारामा हाल नाम, थर, वतन नखुलेका करिब २० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
    
यसैगरी कैलालीको चुरे गाउँपालिका-१ आमसेरा बस्ने ४३ वर्षीय भोज बहादुर छेडाल सोही ठाउँ चटकपुरस्थित बोक्टान सडक खण्डको करिब ५ मिटर तल बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
    
यस्ते गोरखाको पालुङटार नगरपालिका-३ साउने पानीमा सोही ठाउँस्थित बिच्छेमारा बस्ने ६६ वर्षीय कृष्ण बहादुर परियार आफ्नो घरदेखि करिब ५ सय मिटर टाढा बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप