शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अनेरास्ववियुको महासचिवमा रोकाया निर्वाचित

शुक्रबार, ०५ फागुन २०७९, ०७ : ०६
शुक्रबार, ०५ फागुन २०७९

नेकपा एमालेनिकट अनेरास्ववियु नरेश रोकाया विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट  रोकाया महासचिव निर्वाचित भएका हुन् । निर्वाचनमा १५१७ मत खसेमा उनले ७३३ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट,  निर्वाचित हुँदा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । अनेरास्ववियुको  केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप