कार्यसम्पादन मूल्यांकन- जुम्लामा गुठिचाैर गाउँपालिका बन्यो पहिलो
जुम्ला । बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा जुम्लाका स्थानीय तहमध्ये गुठिचाैर गाउँपालिका पहिलो भएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष (आव २०८०/८१) का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि कार्य सम्पादन सूचकांकका आधारमा सबै तहका सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो।
आयोगका प्रवक्ता ज्ञानेन्द्र पौडेलकाअनुसार प्रदेश सरकारको तुलनामा स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकनको नतिजा सुधारिएको पाइएको छ। अधिकांश स्थानीय तहको अंक ५० प्रतिशत कटेको पाइएको छ ।
गुठिचाैरले ५४.३६ प्रतिशत अंक पाएको छ । सिंजा गाउँपालिकाले ५२.३२, चन्दननाथ नगरपालिकाले ५०.९१, हिमा गाउँपालिकाले ४९.३०, तिला गाउँपालिकाले ४७.५९, तातोपानी गाउँपालिकाले ४५.६७, पातारासि गाउँपालिकाले ४४.८४ र कनकासुन्दरी गाउँपालिकाले ४२.९७ प्रतिशत अंक पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण