कम्बोडिया पठाइदिन्छु भन्दै १२ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ
शुक्रबार, ०५ फागुन २०७९, ०४ : ००
काठमाडौँ । कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका-२ घर भई काठमाडौँ नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रुपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको सास्ती: बजेट पनि छैन, खर्च पनि हुँदैन !
-
स्थानीय बाली उत्पादन र प्राङ्गारिक खेतीका लागि अनुदान
-
दूधले साँच्चै बलियो बनाउँछ त हड्डी ?
-
हुप्सेकोटका पहिरो विस्थापित अझै अस्थायी शिविरमै
-
फ्रान्सविरुद्ध स्पेन: सेमिफाइनलमा को चम्कियो ?
-
ट्रम्पको चेतावनी: मैले पुग्यो नभनेसम्म इरानमाथिका आक्रमण जारी रहनेछन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण