बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? कहाँ पार्किङ गर्ने ?

शुक्रबार, ०५ फागुन २०७९, १५ : ३७
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । के तपाईँ शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ जाँदै हुनुहुन्छ ? सवारीसाधन लिएर जानेहरुलाई पार्किङ कहाँ गर्ने भन्नेबारे चासो हुनसक्छ । ट्राफिक प्रहरीले पार्किङका लागि स्थान तय गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले  पार्किङ व्यवस्थापनको कार्ययोजना बनाएको छ । जसअनुसार  तीलगंगा आंखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूको सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ । 

यसैगरी देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखालमा पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु पार्किङ गरिनेछ भने सिफल चौरमा पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू पार्किङको व्यवस्था गरिएको छ । 

यसैगरीगुह्येश्वरी पारीको स्थानमा गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधन पार्किङ गरिनेछ भने  वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्कर पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ । 

महाशाखाले शनिबार पशुपति क्षेत्रमा यातायात प्रभावित हुने भएकाले वैकल्पिक रुट पनि निर्धारण गरेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप