शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ ? कहाँ पार्किङ गर्ने ?
काठमाडौँ । के तपाईँ शनिबार महाशिवरात्रिको अवसरमा पशुपतिनाथ जाँदै हुनुहुन्छ ? सवारीसाधन लिएर जानेहरुलाई पार्किङ कहाँ गर्ने भन्नेबारे चासो हुनसक्छ । ट्राफिक प्रहरीले पार्किङका लागि स्थान तय गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी महाशाखाले पार्किङ व्यवस्थापनको कार्ययोजना बनाएको छ । जसअनुसार तीलगंगा आंखा अस्पताल अगाडि तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूको सवारी साधन पार्किङको व्यवस्था मिलाइएको छ ।
यसैगरी देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखालमा पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु पार्किङ गरिनेछ भने सिफल चौरमा पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू पार्किङको व्यवस्था गरिएको छ ।
यसैगरीगुह्येश्वरी पारीको स्थानमा गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थंयात्रीहरूका सवारी साधन पार्किङ गरिनेछ भने वनकाली क्षेत्रमा महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्कर पार्किङको व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
महाशाखाले शनिबार पशुपति क्षेत्रमा यातायात प्रभावित हुने भएकाले वैकल्पिक रुट पनि निर्धारण गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण