शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपा नेपालले देशव्यापी सघन प्रशिक्षण सञ्चालन गर्ने

शुक्रबार, ०५ फागुन २०७९, १६ : ३९
शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले  देशव्यापी सघनरुपमा प्रशिक्षण सञ्चालन गर्ने भएको छ । जसअनुसार जनवर्गीय सङ्गठनका पदाधिकारी सदस्यहरू सहभागी प्रशिक्षणको आज पार्टी अध्यक्ष थापाले उद्घाटन गरेका छन् । 

थापाले वैचारिक रूपमा प्रतिबद्ध र निष्ठावान् कार्यकर्ताको जमात सहितको धारिलो सङ्गठनले पार्टीलाई स्थापित गर्ने भएकोले प्रशिक्षणलाई पार्टीले उच्च प्राथमिकतामा राखेर अघि बढ्ने बताए । 

प्रशिक्षण कर्मकाण्डी नभई विषय केन्द्रित र प्रभावकारी हुनुपर्नेमा थापाको जोड थियो । पार्टी र नेतृत्वमाथि योजनाबद्ध र षड्यन्त्रपूर्वक भ्रम सिर्जना गरिएको दाबी गर्दै उनले त्यसलाई तोड्न नेता कार्यकर्ता केन्द्रित हुनुपर्ने र जनता केन्द्रित हुनुपर्नेमा जोड दिए । 

 थापाले राप्रपा नेपाललाई आशा र भरोसाको पार्टी बनाउन सोही अनुसारको भूमिका निर्वाह गर्नु आवश्यक भएको बताए। 

सङ्गठन निर्माण र प्रशिक्षण कार्यलाई समानान्तर रूपमा देशव्यापी योजनाबद्ध रूपमा सञ्चालन गरिने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप