शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
बैंकिङ सिन्डिकेटविरुद्ध उद्योगी-व्यवसायीद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

बैंकिङ सिन्डिकेटविरुद्ध उद्योगी-व्यवसायीद्वारा विरोध प्रदर्शन (तस्बिरहरू)

शुक्रबार, ०५ फागुन २०७९

काठमाडौँ ।  नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकहरु बिरुद्ध विरोध प्रदर्शन गरेको छ । शुक्रवार उद्योगी व्यवसायीहरूका ९ वटा महासङ्घ र ३८ वटा सङ्घहरूले बैङ्कहरू विरुद्ध संयुक्त सडक आन्दोलन गरेका हुन् । व्यवसायीहरूले पछिल्लो समय बैङ्कहरूले बढाएको चर्को ब्याजदरविरुद्ध आन्दोलन गर्ने बाध्य भएको र उद्योगी व्यवसायीहरूमा रहेको सिन्डिकेटका अन्त्य र बैङ्कको ज्यादतीविरुद्ध सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

विरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उद्योगी व्यवसायीहरूले सांसद, मन्त्री बनाइदिन माग नगरेको भन्दै बैङ्कको आतङ्कलाई बन्द गर्न र व्यवसायीहरूलाई गरिखान दिन आवाज उठाइरहेको बताए । उनले देशका उद्योगी व्यवसायीहरूको माग सम्बोधन हुन सबै व्यवसायीहरू प्रेम आचार्य नै बन्नुपर्ने हो भन्दै प्रश्न गरे । 

त्यस्तै नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष कुमार कार्कीले नेपालीहरूले नेपालमा नै गरिखान पाउनुपर्ने बताए । उनले व्यापारीहरूले ८ प्रतिशतमा लिएको ब्याज १५ प्रतिशतसम्म पुर्याउँदासमेत चुप लागेर बस्नुपर्ने कुराको अन्त्य हुनुपर्ने बताए । उनले बैंकर्स र वित्तीय संस्थाहरू सामन्ती बनिरहेको बताए । उनले सरकार यसरी मौन बस्नु नहुने बताए । उनले सरकारले व्यापार उद्योगमैत्री नियम कानुन ल्याउन आवश्यक रहेको बताए ।

पछिल्लो समय कोभिड महामारी लगायतका कारण नेपालका उद्योगधन्दा चल्न नसकेको अवस्थामा सरकारले व्यवसायीहरूका कुनै पनि माग सम्बोधन नगरेको आरोप उनीहरूको छ । उद्योग र व्यापारमा रहेको सिन्डिकेटको अन्त्य सबै उद्योगी व्यवसायीहरूको पहुँचसहितको बैङ्कहरूको ज्यादतीविरुद्ध थप आन्दोलन गर्ने चेतावनी समेत कार्यक्रममा दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया