उपप्रधानमन्त्री पौडेल भन्छन्– यो गठबन्धन पाँचै वर्ष टिक्छ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गरेका छन् । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत शुक्रबार सुदूरपश्चिम पुगेका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै हालको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका हुन् । ‘यो सहयात्रा सहयात्रामा जुनजुन राजनीतिक दलहरु सहभागी छौं । नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन’, उनले भने, ‘यो सहयात्रा ५ वर्ष चल्छ । र राष्ट्रपति उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ ।’
सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गरे । ‘हल्ला धेरै चल्छ । त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो । हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ । त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु’, पौडेलको भनाइ छ । नेता पौडेलले राष्ट्रका सबै विषयमा सहमति भइदिए झन राम्रो हुने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी