उपप्रधानमन्त्री पौडेल भन्छन्– यो गठबन्धन पाँचै वर्ष टिक्छ
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णु पौडेलले सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने दावी गरेका छन् । एमालेको ‘मिसन ग्रासरुट’ अभियान अन्र्तगत शुक्रबार सुदूरपश्चिम पुगेका पौडेलले हल्ला एकातिर हुने र घट्नाक्रम अर्कोतिर अघि बढ्ने भन्दै हालको सत्ता गठबन्धन पाँचै वर्ष जाने बताएका हुन् । ‘यो सहयात्रा सहयात्रामा जुनजुन राजनीतिक दलहरु सहभागी छौं । नीतिगत पृष्ठभूमि र कार्यक्रमिक अवधारणाका आधारमा सहयात्रा बनिरहेको छ । यो कुनै काँचो धागोमा अडिएको सहयात्रा होइन’, उनले भने, ‘यो सहयात्रा ५ वर्ष चल्छ । र राष्ट्रपति उपराष्ट्रपति सबै पदहरुमा पूर्व सहमतिअनुसार कार्यान्वयन हुन्छ ।’
सत्ता गठबन्धन टुटने भनेर चलिरहेको हल्लामा सत्यता नभएको दावी पनि गरे । ‘हल्ला धेरै चल्छ । त्यो हल्ला एकातिर चल्छ, घटनाक्रम अर्कोतिर अघि बढ्छ । यो तपाईहरु सबैलाई थाहा भएकै विषय हो । हाम्रो लामो अनुभवले पनि यही कुरा बताउँछ । त्यसकारण हल्लामा विश्वास नगर्नका लागि र हल्लाका विषयलाई समाचार नबनाउनका लागि म आग्रह गर्न चाहान्छु’, पौडेलको भनाइ छ । नेता पौडेलले राष्ट्रका सबै विषयमा सहमति भइदिए झन राम्रो हुने टिप्पणी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण