चिकित्सा विज्ञान प्रतिष्ठानले देशका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेको छ : मन्त्री गिरी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले देशको स्वास्थ्य क्षेत्रका लागि आवश्यकपर्ने जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन् ।
प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपालका लागि आवश्यकपर्ने जनशक्ति उत्पादन गरेर नेपालको स्वास्थ्य क्षेत्रलाई प्रतिष्ठानले गुन लगाएको बताए । मन्त्री गिरीले २० वर्षको अवधिमा नेपालको विशेषज्ञ चिकित्सक उत्पादनमा प्रतिष्ठानले अग्रणी भूमिका खेलेकोसमेत उल्लेख गरे ।
उनले प्रतिष्ठानलाई भविष्यमा अझ धेरै तहका शैक्षिक कार्यक्रम गरेर देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानका रूपमा स्थापित हुन आग्रह गरे । मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर प्रतिष्ठानको गठन गरेको उल्लेख गर्दै उहाँले समयानुकूल दायरा पनि फराकिलो बनाउन निर्देशन दिए ।
“प्रतिष्ठानलाई मन्त्रालयले उच्च महत्वका साथ हेरेको छ । सधैँ प्राथमिकतामा राखेको छ”, मन्त्री गिरीले भने, “यसले सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र होइन, स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विधाबीचको परस्पर सिकाईलाई पनि प्रोत्साहित गर्छ भन्ने मेरो ठम्याई छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण