कस्तो छ भारतमा उपचाररत चन्द्र भण्डारीको स्वास्थ्य अवस्था ?
शनिबार, ०६ फागुन २०७९, ०८ : ३४
काठमाडौँ । ग्यास सिलिन्डर लिक भएर आगोको जलनमा परेका नेपाली कांग्रेसका नेता डा चन्द्र भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको छ ।
कांग्रेस युवा नेता योगराज कँडेलले दिएको जानकारीअनुसार आज बिहान चिकित्सकहरूले भण्डारीको फोक्सोको तल्लो भागमा मात्र कार्बन मोनो अक्साइडको मात्रा देखिएको र त्यसले हृदयमा असर नपर्ने जानकारी दिएको बताए । भण्डारीको हिजो पहिलो सर्जरी गरिएको थियो ।
'पहिलो सर्जरी गर्दा दायाँ खुट्टामा एकदमै डिप इन्जरी रहेको कारण सोचेभन्दा धेरै समय लागेको र अब्जरवेसन पनि कम्तीमा १–२ घण्टा राख्नुपर्ने नियम रहेका कारण दोस्रो अपरेसन गर्न नसकिएको जानकारी डा. मुकेशबाट प्राप्त भयो,' कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, 'अहिले बिहान ६:३० बजे डा. घनन्जयसंग कुरा गर्दा अहिले सबै पारामिटर नर्मल रहेको छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण