केन्याका स्टेफेनले चुमे पोखरा म्याराथन उपाधि
पोखरा । पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । स्टेफेनको यो दोस्रो जीत हो । शनिबारबाट भएको १७ औँ संस्करणको पोखरा म्याराथनमा १६ देशका धावकले सहभागी भएको थिए । स्टेफनले निर्धारित ४२।१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उपाधि चुमे ।
अघिल्ले संस्करणमा उनले यो सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
खुला म्याराथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासमा सर्वाधिक हो । महिलाहरुको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । यस्तै दोस्रोमा एपिएफकी बृन्दा श्रेष्ठले उपाधि चुमिन् ।
उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा हाफ म्याराथुन पार गरेकी हुन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् । महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण