चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, फोक्सोले आफैं काम गर्न थाल्यो

काठमाडौँ । मुम्बईको बर्न अस्पतालमा उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ । नेकपा कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीका अनुसार शनिवार १२ः १५ बाट भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ, फोक्सोले आफै काम गर्न थालेको छ। अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने भएको मुम्बईमा साथमा रहेका माधव न्यौपानेले सन्देश पठाएको शिवाकोटीले जानकारी दिए ।
गत बिहिबार राती ग्याँस लिका हुँदा भण्डारी र उनकी आमा गम्भिर घाइते भएका थिए । उपचारका लागि सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित बर्न अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई मुम्बई लगिएको थियो । एअर एम्बुलेन्समार्फत मुम्बई लगिएका भण्डारीको उपचार जारी छ । तर, सोही घटनामा घाइते भएकी आमाको भने उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’ गीत सार्वजनिक
-
सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
-
१५ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी तथा प्रशिक्षक सम्मानित
-
नागार्जुनका मेयर बस्नेत सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर, असार १६ गते सजाय तोकिने
-
आखेटोपहारलाई मानप्रतिष्ठाका रूपमा सङ्कलन र प्रदर्शन गर्नेलाई कारबाही गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
टोखामा फ्ल्याटमा बस्थिन् सुन तस्करीमा संलग्न अमला